कोरोना महामारी बारे रस्मी थापा मगरको क्यानडा अनुभव र सन्देश

रस्मी थामा मगर 

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाले यतीखेर विश्व आक्रान्त छ । विश्वभरिका मानीसहरु क्रसित र भयभीत छन् । कोरानाको कारण विश्वका अधिकांश मानीस लामो समयदेखि घरभित्रै बस्न बाध्य छन् । म पनि आफनो पेशागत दायीत्व निर्वाह गर्दै क्यानडामा कोरोना संक्रमीतको सेवामा खटिरहेको छु । कोरोना महामारी नियन्त्रणमा नआएसम्म हामी जो जहाँ छौ सोही ठाउँमा आफू सुरक्षीत बस्नुपर्नेछ । यतिखेर हामीसँग घरभित्रै सुरक्षीत बस्नु र भगवानलाई पुर्कानु भन्दा अरु कुनै विकल्प छैन । जस्तोसुकै कठिन अवस्था होस वा संकटको घडी आओस हामीले सामाना गर्दै कोरोना विरुद्धको लडाई जित्नुपर्नेछ । जसको लागि हामीले आत्मविश्वासलाई नगुमाई उच्चों मनोबलका साथ अगाडि बढ्नुपर्ने हुन्छ । यदी हामी कमजोर मात्र भयौ भने कोरोनाले हामीमाथि आक्रमण गरिहाल्छ । यो बेला रोगसँग लड्ने क्षमता बढाउनुपर्ने हुन्छ ।

कोभीड १९ को बाबजुत आफनो रेगुलर काम तथा ब्यवसायलाई पापी कोरोना अन्त्य नहुँदा सम्म थाती लगाउनुपर्ने पीडा त छदै छ तापनी उच्चो मनोबल बनाएर म पनि यतीखेर कोरोना पीडितको लागि सोसल वर्करको रुपमा क्रियाशील छु ।  विश्वभरिको कोरोनाको खवर सुनेर छटपटीएर घरभित्रै बस्नुभन्दा कतै आफनो मानवीय समवेदना, सामाजीक दायित्व बहन गर्नुपर्छ भन्ने भावनाले यो महामारीको भेल मैदानमा खुकुरीको धारमा कशी लगाउनु उचीत ठानी काममा सिक्न या गर्न पाउँनु मेरो लागि ठूलो कुरा ठानेको छु । अहिले मैले सामाजीक काम सोसल डेभलपमेन्ट कम्यूनिटी एस.डि.सि. (SOCIAL DEVELOPMENT COMMUNITY  ) वर्करको रुपमा कोभीड १९ जोखिम न्यूनीकरणको लागि फन्ट लाईनमा बसेर काम गर्नु साह्रै असहज भए पनि यो मौकाको लागि असाध्यै गौरवान्भित महसुस गरिरहेकी छु ।  यी क्षणहरु सायद मेरो जीवनभर अवीस्मरणीय रहीरहनेछ ।

यो बेलामा सकेसम्म घरभित्रै बसे पनि आफनो दैनिक क्रियाकलप, कामलाई भने छाड्नुहुन्न । हामीले निकै उच्चों मनोबल बनाएर आफूलाई बलियो बनाउन सकिए, पूर्ण सावधानी अपनाएर सुरक्षीत बसे कोरोना सहजै प्रवेश नहुने भएकाले हामीले सरकारी नियमलाई पूर्ण पालना गर्नुपर्छ । घरभित्रै बसिरहँदा लकडाउनलाई पनि कदापी भुल्नु हुँदैन । यतिखेर सबैलाई सान्त्वना, सम्मान, मायाको खाँचो छ । किनकी संसार नै कोरोनाको कारण भयवीत, क्रसित भएको अवस्था छ ।

सकभर यो बेला सकारात्मक सन्देश र सूचना प्रवाह गर्नुपर्ने खाँचो छ । कोरोना भाइरससँग लड्नको लागि घरभित्रै सुरक्षीत बस्नु अहिलेको लागि सबैभन्दा ठूलो कर्तब्य हुन आउँछ । यी यावत कुरालाई पालना गर्न सक्यौ भने हामीले अरुलाई पनि बचाउन सक्छौ । आफू बाँचे मात्र नअरुलाई बचाउन सकिन्छ भन्ने कुरा हामीले भुल्नु हुन्न । यतिबेला अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कनु नै अरुलाई बचाउने र आफू पनि बाँच्ने सबैभन्दा ठूलो उपाय हो ।

क्यानडा अन्य विकसित देशको तुलनामा कोरोना नियन्त्रण गर्न निकै सफल भएको देखिन्छ । यहाँ कोरोनाले महामारीको रुप भने लिइसकेको छैन । मृतकको संख्या पनि न्यून छ । सरकारी तथ्यांकअनुसार पनि संक्रमीत मध्ये धेरैजसो निको भएर घर फीर्ता भइसकेको अवस्था छ । क्यानडामा पनि अझै भाइरस फैलने क्रम जारी नै देखिन्छ । कोरोना फैलने क्रम जारी भएसँगै अझै के हुने हो भन्ने डर, क्रास कायमै छ । त्यही क्रासकै कारण यहाँका नागरिक पनि घरभित्रै सुरक्षीत साथ बसेका छन् । यहाँ सरकारले अत्यन्तै आवश्यक पर्ने हस्पिटल, एयरपोर्ट, ठूल्ठूला खाद्यन्न प्mयाक्टीबाहेक सबै नाकाहरु नाकाबन्दी गरिसकिएको छ । रेष्टुरेन्ट, सपिङ सेन्टर, महल, ठूला ब्यापारीक संस्थाहरु सबैमा लकडाउन गरिसकिएको छ ।

बाटो घाटो बाहिर असाध्यै सुनसान रहेको छ र सामुहिक दूरी मिनीयम ६ फिटको कायम गरिएको छ । दुई वा दुईभन्दा बढी ब्यक्तीहरु हिड्न नपाउने नियम छ । यदी नियम उल्लंघन गरेमा ५०० देखि १ हजार सम्म जरिवाना र अवस्था हेरि एक वर्षको जेल सजाय समेत गर्ने सक्ने नियम बनाइएको छ । त्यस्तै गरि, सवारी साधन प्रयोग गर्दा दुई जनाभन्दा बढी बस्न नपाइने, बसेको खण्डमा एक जना अगाडि सिटमा अर्को ब्यक्ती पछाडिको सिटमा बस्नुपर्ने नियम छ । यदी कसैले नियम उल्लंघन गरेमा सजायको भागीदार हुनुपर्छ ।

सरकारले कोरोना रोकथामको लागि सामाजीक कार्यक्रम, भेटभाट, भोज भत्तेर, मिटिङ, सभा, गोष्ठि र कुनै पनि सामाजीक पार्क, पाटी, पौवामा घुमफिर गर्न नपाइने जस्ता विभिन्न खालका प्रतिबन्ध लगाएको छ । सरकारले जारी गरेको अधिकांश नियमहरु जनताले पूर्ण रुपमा पालना गरेको पनि देखिन्छ । सरकारले यावत तरिका, उपाय अपनाउँदा पनि कोरोना फैलिएको अवस्था छ । कोरोनाको कारण यहाँ लाखौ कामकाजी हुँदै बेरोजगारी हुनु परिरहेको छ ।

यहाँको सरकारले जागिरको लागि विपत्तिमा राहतको धेरै सुविधा उपलब्ध गराउँदैै आएको छ ।  जस्तो, बेरोजगारीको कारण बैंक किस्ता तीर्न नसकेको अवस्थामा किस्ता कम्तिमा ६ महिनासम्म थाती राख्न पाइने ब्यवस्था मिलाइसकिएको छ । साथै विभिन्न ब्यापारी तथा ब्यवसायीहरुको लागि विभिन्न खालका लाभदायी सुविधाको समेत वन्दोवस्त गरेको छ । विश्वविद्यालय, विद्यालयका विद्यार्थीहरुले घरमै बसेर अनलाइनमार्फत पढ्न पाउने ब्यवस्था गरेको छ ।

क्यानेडियन सरकारले कोभिड १९ को कारण जागिर गुमाएका नागरिक, वार्षीक ५ हजार डलर भन्दा माथि कमाउनेलाई ४ महिना सम्म भत्ता स्वस्प अप्रिलदेखि क्यानेडियन आपत्तकालीन भत्ता २ हजार डलर वितरण गरिसकेको छ । यहाँ नेपालीहरुको लागि गैर आवासीय नेपाली संघलगायत स्थानीय संघसंस्थाहरुले पनि विभिन्न ठाउँमा बसोबास गरिरहेका नेपालीलाई विभिन्न खालका राहत उपलब्ध गराइरहेको छ । यद्यपी अहिलेसम्म क्यानडामा बसोबास गर्ने नेपाली सुरक्षीत रहेको र त्यती धेरै समस्या भोग्नु परेको छैन ।

त्यस्तै, सरकारले कोरोनासँग लड्न निकै सावधानीका साथ उपायहरु अबलम्बन गर्दै देश र जनतालाई जोगाउन हरेक घन्टा, हरेक दिन हौसल्ला प्रदान गर्ने गरेको छ । दिन रात नभनी यहाँको सरकार जनताको समस्या समाधानमा खटिरहेको छ । कोरोनाबाट आफनो देश र जनतालाई जोगाउन क्यानेडीयन सरकारले ८२ विलीयन डलर भन्दा बढी खर्चेर विभिन्न तह, तप्काका जनतालाई धेरै भन्दा धेरै सुविधाहरु प्रदान गरिरहेको छ । साथै स्वास्थ्यकर्मी, चिकित्सक, विभिन्न विज्ञ तथा सोसल अभियन्ताहरुलाई प्रयाप्त स्वास्थ्य सामाग्रीका साथ पूर्ण रुपमा परिचालन गरि महामारीको अवस्था आइहालेमा के गर्ने भनेर धेरै खालका पूर्व तयारी गरिरहेको छ ।

अन्तमा फन्ट लाईनमा काम गरिरहनु हुने स्वास्थ्यकर्मी, चिकित्सक, विभिन्न विज्ञ तथा सोसल अभियन्ताहरुलाई अल्छी नगरी गम्भिर भएर पिपिई, चश्मा, पञ्जा आदि सही तरिकाले लगाई काम गर्नुहुन र घर परिवारमा आएसकेपछि पनि घर परिवार सबैलाई बचाउनको लागि सेल्फ क्वारेन्टाइनमा बस्नुहुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।


प्रकाशित | ६ बैशाख २०७७, शनिबार २२:१६