संस्कारा मन्टेश्वरी/प्री स्कुल काँडाघारीले चैत्र महिनाको शुल्क नलिने घोषणा

काठमाडौं : संस्कारा मन्टेश्वरी प्री स्कुल काँडाघारीले चैत्र महिनाको शुल्क नलिने घोषणा गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर हरहरमहादेवमा रहेको संस्कारा स्कूलले चैत्र महिनाको मासिक शुल्कमा मिनाहा गर्ने घोषणा गरेको सञ्चालक बिष्णु पोखरेलले बताउनुभयो ।

विश्वव्यापी रुपमा कोरोना भाइरस को कारणले ठूलो मानवीय तथा धनजनको क्षति भइरहेको र विश्वका मानिसहरू क्रसित बनिरहेको हुँदा सबैले आआफ्नो ठाउँबाट सकेको सहयोग गरौँ र यो काहाली लाग्दो अवस्थाबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔं भन्ने अभियानले सम्पूर्ण विद्यार्थी हरुबाट उठाउँदै आएको मासिक शुल्कमा छुट दिएको बताउनुभयो ।

यो अभियानमा निजी विद्यालय सञ्चालकहरुले पनि सकिन्छ भने छिटो भन्दा छिटो शुल्क मिनाहा दिदाँ राम्रो हुने उहाँले बताउनु भयो । तर निजी विद्यालय सञ्चालन गर्दा धेरै मात्रामा समस्याहरू रहेका छन र हामीलाई पनि समस्या छ समस्या हुँदा हुँदै पनि हामीले केही मात्रामा राहत मिलोस भनी छुट दिने निर्यण गरेको सञ्चालक पोखरेलले बताउनुभयो ।

यो स्कूल तामाकोसी बिजनेस ग्रुप अफ कम्पनीले सञ्चालन गर्दै आएको छ । यो कम्पनीमा दोलखाली साथीहरु रहेको समेत पोखरेलले जानकारी दिनुभयो ।


प्रकाशित | १० चैत्र २०७६, सोमबार २१:३८