एनआरएनए महिला फोरमको च्यारिटी डिनर कार्यक्रम स्थगित

काठमाडौं : कोरोना भाइरसको सक्रमणका कारण यही मार्च ८ तारिख अर्थात ११० औं अन्तराष्ट्रिय  नारी दिवसको अवसरमा आयोजना गरिएको एनआरएनए आइसिसी महिला फोरमको च्यारिटी डिनर कार्यक्रम स्थगीत गरिएको छ ।

एनआरएनए आइसिसी महिला फोरमले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ग्रामीण भेगका विद्यालयमा छात्रा शौचालय निर्माण गर्ने उद्देश्यले आयोजना गरेको च्यारिटी डिनर कार्यक्रम कोरोना भाइरसको महामारी फैलिरहेको सयममा गर्नु अनपयुक्त भएको भन्दै स्थगीत गरेको हो ।

आइसिसी महिला फोरम संयोजक भोमा लिम्बुले कोरोना भाइरसबाट नेपालमा धेरै जना प्रभावित नभएता पनि विश्वस्वास्थ्य संगठनले कोरोना भाइरसको जोखिम क्षेत्रको रुपमा नेपाल पनि रहेको उल्लेख गरेको र नेपाल सरकारले कोरोना भाइरसको जोखिमबाट बच्न हाललाई कुनै पनि सभा सेमिनार नगर्न सूचना जारी गरेकाले स्थगीत गरिएको जानकारी गराउनुभयो ।

मार्च ८ तारिखको दिन काठमाडौंको होटल सांग्रीलामा ग्रामीण भेगका विद्यालयमा छात्रा शौचालय निर्माण गर्ने उद्देश्यले सो डिनर गर्न लागिएको थियो ।


प्रकाशित | २२ फाल्गुन २०७६, बिहीबार १४:५०