‘एनआरएनए एसिया प्याशिफिक सम्मेलन विदेशमा रहेका नेपालीको श्रम, सिप, बृद्धि र विवेकलाई समेट्ने कार्यमा कोशेढुंगा शावित हुनेछ’

किरण विक्रम थापा

म्यानमारमा जुलाई ६ र ७ तारिखमा हुन गइरहको गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिकको सातौ तथा महिलाहरुको दोस्रो क्षेत्रीय सम्मेलनको तयारी पूरा गरिसकेका छौ । सम्मेलनलाई कसरी भब्य र सब्य रुपमा सम्पन्न गर्न सकिन्छ भनेर अहोरात्र खटिरहेका छौ। हामी यतिखेर म्यानमारमा पाल्नुहुने सम्पूर्ण अतिथि तथा प्रतिनिधिलगायत महानुभावहरुलाई स्वागत गर्न आत्तुर छौ । सम्मेलनमा विशेष गरि विभिन्न सेसनहरु सञ्चालन गर्ने तयारी गरेका छौ । सम्मेलन एसिया प्याशिफिकको मात्र नभएर महिलाहरुको पनि दोस्रो क्षेत्रीय सम्मेलन हो । त्यसैले सम्मेलनमा आवश्यक तथा उठाउनुपर्ने विषयवस्तु उठाउँदै कसरी प्रभावकारी रुपमा सम्पन्न गर्ने भन्नेमा केन्द्रित गदैछौ । सम्मेलन विशेष गरि युवा र महिलाहरुको सशक्तीकरणका विषयमा केन्द्रित गराउन प्रयासरत छौ । मुलुकको सम्मृद्धिको लागि आवश्यक पर्ने युवा जनशक्तिलाई कसरी प्रवासको ज्ञान र सिपमार्फत मुलुकको सम्मृद्धिमा टेवा पुर्याउन सकिन्छ भन्नेतर्फ हाम्रो पहलकदमी हुनेछ । विदेशमा भएका श्रम, सिप र बृद्धि/ विवेकलाई समेट्ने प्रयास गर्नेछौ । सम्मेलनमा ठूल्ठूलो कुरा मात्र नभई ससाना कुरालाई उठान गर्दै मुलुकको सम्मृद्धिको लागि कोशेढुंगा शावित गर्नेमा प्रयासरत छौ । साथै सम्मेलनमा विभिन्न विषयवस्तुमा छलफल गर्ने कार्यक्रम तय गरेका छौ ।

सम्मेलनमार्फत वैदेशिक रोजगारीमा गएका युवा र अध्ययनका लागि गएका विद्यार्थी साथीहरुको भाव कसरी दर्शाउने भनेर केन्द्रित गराउनेछौ । बैठक मात्र नभई विगतमा गरेका निर्णयलाई समिक्षा समेत गर्नेछौ । विगतमा दुई वर्षमा गर्दै आएको सम्मेलन यो वर्षदेखि हामीले वषैपिच्छे गर्ने जर्मको गरिरहेका छौ । हरेक वर्ष युरोपमा एक/एक वर्षमा सम्मेलनको आयोजना गरिदै आएको छ भने हामीले किन नगर्ने ? र यहाँको विषयवस्तुलााई किन उठान नगर्ने ? भनेर सम्मेलन आयोजना गरेका हो । हामीले दुई वर्षको कार्याकालमा दुई वटा कार्यक्रम गर्दैछौ । अहिलेसम्म हामीले सम्पूर्ण एसिया प्याशिफिकका साथीहरुको सहयोगले कार्यक्रम सम्पन्न गदै आएका छौ । यसमा अग्र भूमिका निर्वाह गरिरहेका छौ । युरोप क्षेत्रमा महिलाहरुको कार्यक्रम निकै अग्र रुपमा चलिरहेको छ । एसियामा भर्खर बामे सरिरहेकाले यसलाई सक्रियता प्रदान गर्ने प्रयासस्वस्प पनि यो कार्यक्रम हो । एसियाबाट कती धेरै काम भएको भनेर आश्चर्य मान्नुपर्ने छैन । यसमा महिला दिदीबहीनीहरुको पनि अग्रशरता देखाइरहनु भएको छ । यसअघि हङकङमा २०१८ को क्षेत्रीय सम्मेलन सम्पन्न भएसँगै अर्को सम्मेलन २०१९ को लागि म्यानमारमा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौ । यो शूरुवात मात्र हो । यसलाई आगामी दिनमा निरन्तरता दिर्दै जानुपर्छ ।

सम्मेलनमा एसिया क्षेत्रभित्र पर्ने १० वटा एनसिसीका प्रतिनिधिको सहभागिता रहनेछ । साथै आइसिसीको तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, शेष घले र वर्तमान अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्यलगायत पदाधिकारी तथा आइसिसी सदस्यहरुको सहभागिता रहनेछ । साथै विभिन्न क्षेत्रीय संयोजक तथा प्रतिनिधिहरुको पनि कार्यक्रममा सहभागिता रहनेछ । कार्यक्रममा लगभग ५ सयको सहभागिता रहने अपेक्षा छ । कार्यक्रम तालिका अनुसार पहिलो दिन युवा, महिला र एनसिसी तथा आइसिसीको प्रतिवेदन प्रस्तूत हुनेछ भने दोस्रो दिन उद्घाटन गरिनेछ । सम्मेलन आइसिसीको नवौ महाधिवेशनको पूर्व सन्ध्यामा गर्न गइरहेका छौ । आगामी आइसिसी निर्वाचनमा कामको मूल्यांकन सबैले गर्नुहुने विश्वास लिएको छु । दुई कार्यकाल एसियाको नेतृत्व समालेर गरिएको महत्वपूर्ण कार्यलाई सबैले मूल्यांकन गदै सदभाव तथा माया गरिरहनु भएको छ ।

आगामी महाधिवेशनमा आइसिसीको भाइटल पोस्टको लागि अगाडि बढ्न सबै साथीहरुको माग छ । सबैको साथ र सहयोग लिएर मागअनुसार भाइटल पोस्टमा अगाडि बढ्ने निर्णय लिएको सबैमा जानकारी गराउन चाहान्छु । थापा एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय संयोजक हुनुहुन्छ । थापासँग गरिएको कुराकानीमा आधारित


प्रकाशित | १६ असार २०७६, सोमबार ०७:५४