एनआरएनए अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलन क्यानडामा गर्ने निर्णय

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको क्षेत्रीय सम्मेलन क्यानडामा गर्ने निर्णय गरिएको छ । एनआरएनए अमेरिकाज् क्षेत्रीय बैठकले विज्ञ सम्मेलन क्यानडामा गर्ने निर्णय गरेको हो ।

एनआरएएनए अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले आइतबार राती बसेको क्षेत्रीय बैठकले क्यानडामा विज्ञ सम्मेलन गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । सम्मेलनको मिती भने छिट्टै टुंगो लगाइने संयोजक त्रिपाठीले बताउनुभयो ।

संयोजक त्रिपाठीका अनुसार बैठकले सर्वसम्मत रुपमा क्षेत्रीय सम्मेलन क्यानडामा गर्ने निर्णय गर्दै विज्ञ सम्मेलनको तयारीमा जुट्ने निर्णय समेत गरिएको छ ।

क्षेत्रीय बैठकमा एनआरएनए आइसिसी महिला उपाध्यक्ष रविना थापा, सचीव गौरीराज जोशी, क्षेत्रिय उप सम्योजक राम पोखरेल, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिबी घिमिरे, एनआरएनए अमेरिका अध्यक्ष सुनिल साहलगायत आइसिसी सदस्य, एनसिसी पदाधिकारी लगायतको सहभागिता थियो ।

गत वर्षदेखि एनआरएनएले शुरु गरेको विज्ञ सम्मेलन यस वर्ष आगामी अक्टोवरमा धुलिखेलमा गर्ने निर्णय भइसकेको छ । अक्टोवर अगावै सम्मेलनको पूर्व तयारीस्वस्प विभिन्न क्षेत्रमा विज्ञ सम्मेलन आयोजना गरिनेछ ।


प्रकाशित | ५ फाल्गुन २०७६, सोमबार २२:४९