बौद्धमा खुल्यो फरक विशेषतासहितको द स्टुडियो क्याफे एण्ड रेष्टुरा

काठमाण्डौं :  काठमाण्डौ बौद्धमा रहेको रामहिटीमा केहि फरक विशेषतासहित द स्टुडियो क्याफे एण्ड रेष्टुरा खुलेको छ । काठमाण्डौंको कोलाहल भन्दा अली पर फरक लक्ष्य र उद्येश्यका साथ जुजारु दई यूवाले नेपालमै पनि केहि गर्न सकिने कुरालाई प्रष्ट्याउन गाउँको गोरेटो र खोरेटोहरुमा दुख कष्ट गरि प्रतिस्पर्धी शहरमा आएर आफ्नो लक्ष्यलाई अंगाल्दै, समाज रुपान्तरणका लागि आफुबाट सुरुवात गर्नु पर्छ भन्ने मान्यताका साथ विभिन्न फरक विचार र धारणा भएको मानीसको जमातमा केहि फरक गर्दै समाजलाई देखाउन दिलो ज्यान दिएर लागि पर्दै द स्टुडियो क्याफे एण्ड रेष्टुरा संचालनमा ल्याएका हुन ।

विशेष गरि द स्टुडियो क्याफे एण्ड रेष्टुरामा कला,संस्कृति र प्रकृति संरक्षणका लागि यूवा वर्गलाई प्रोत्साहन गर्न, संचालनमा ल्याईएको साथै यसलाई आर्ट सेन्टरको रुपमा लैजानेकुरा संचालक वाङ लामाले बताउँदै आर्ट सिक्न चाहनेको लागि सुवर्ण अवसर हरेको जानकारी दिनु भयो ।

द स्टुडियो क्याफे एण्ड रेष्टुरालाई मनोरञ्जनका साथै विभित ज्ञानवद्र्धक कुराहरुको संगम बनाई रुपान्तरणको एउटा कोषे ढुङ्गा सावित गर्ने साथमा सेवा र सन्तुष्टिको लागि उद्गम स्थलको रुपमा परिचति गराउने र छुट्टै आफ्नो पहिचानको विकास नर्गे लामाले बताउनुभयो ।

हजारको भिडमा एक कहलाएर यसलाई सबै तह र तप्काका व्याक्तित्वहरुको संगम स्थलबनाई विभिन्न किसिमका तनाव र बोझले ग्रसितहरुका लागि एउटा उचित ठाउको रुपमा विकसित गर्दै आउने पाहुनाहरुलाई स सत्कारका साथ पठाउने व्यवस्थाका लागि आफुहरु कहिल्यै पछि नहट्ने कुरा अर्का संचालक तेञ्जीङ लामाले बताउँदै विदेशी खाना भन्दा पनि आफ्नै लोकल हिमाली खाना मार्सिचामल रातो चामलबाट पकाईको स्वादिष्ठ खाना का साथमा प्राकृतिक सौन्दर्यलाई निहाल्दै आनन्नद लिन सकिने बताउनुभयो ।

अन्त्यमा लामाले यदि हजुहरु पनि पारिवारिक माहोलसँगै मनोरम बातावरणमा लोकल खानाको स्वाद र सन्तुष्टि लिन चाहनु हुन्छ भने एक पटक आफुलाई सेवा गर्ने मौका दिन आग्रह गर्नु भयो ।


प्रकाशित | ५ फाल्गुन २०७६, सोमबार ११:०४