एनआरएनएको आयोजनामा बहराईनमा ‘साँस्कृतिक साँझ २०७७’ हुने

बहराईन : आगामी नेपाली नयाँ वर्ष २०७७ को अवसरमा बहराईनमा ‘साँस्कृतिक साँझ २०७७’ आयोजना गरिने भएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद बहराईनले आफ्नो कल्याणकारी कोष बृद्धि तथा “महाबिर पुन आविष्कार केन्द्र” लाई केहि आर्थिक सहयोग गर्ने उद्देश्यले सो साँस्कृकित साँझ आयोजना गर्न लागेको हो ।

एनआरएनए बहराईन अध्यक्ष लक्ष्मी गिरीका अनुसार साँस्कृतिक साँझ कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु गायक प्रमोद खरेल, नायिका तथा कुशल नृत्यङ्गना नम्रता सापकोटा र ख्यातिप्राप्त लोक दोहोरी गायक नविन पौडेलको र नवोदित नृत्यकार रबिन भुजेलले साँगीतीक प्रस्तुती दिनुहुने भएको छ । ]

अध्यक्ष गिरीले कार्यक्रमलाई भब्यताका साथ सफल पार्न सबैमा सहयोगको लागि आग्रह समेत गर्नुभएको छ ।


प्रकाशित | १६ माघ २०७६, बिहीबार १४:४१