उपत्यकामा पुनः रात्रिकालीन बस सेवा सञ्चालनमा आउँदै

काठमाडौँ: काठमाडौँ उपत्यकामा पुनः रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ । यातायात व्यवस्था विभागले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको रात्रिकालीन जीवनलाई चलायमान बनाउन बस सञ्चालन गर्न लागिएको जानकारी दिए ।

राति सार्वजनिक यातायात नहुँदा उपत्यकाको रात्रिकालीन जीवन चलायमान हुन सकेको छैन । उपत्यकाको जनसंख्या करिब ६० लाखको हाराहारीमा छ । तर साँझ ८ बजे सहर चकमन्न हुने गरेको छ ।

रात्रीकालिन बस सेवा सञ्चालन गरेर उपत्यका २४ घण्टै चलायमन बनाउने विभागको योजना छ । यसका लागि विभागले यातायात व्यवसायी, साझा, ट्राफिक प्रहरी, यातायात विज्ञसँग छलफल चलाइरहेको छ । यस विषयमा मंगलबार पुन छलफल गर्ने दाहालले जानकारी दिए । यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार ०९:५४