रसियालाई ओलम्पिक र विश्वकप खेल्न प्रतिबन्ध !

एजेन्सी :  विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)ले रसियालाई ठुला खेल प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको छ । वाडाले अर्को बर्ष हुने ओलम्पिक र सन् २०२२ मा हुने विश्वकप फुटबल खेल्न प्रतिबन्ध लगाएको हो । पछिल्लो निर्णयसंगै रसियाले जापानमा हुने ओलम्पिक र पारालम्पिक तथा कतारमा हुने विश्वकप फुटबल खेल्न पाउने छैन ।

तर डोपिङबाट आफुलाई निर्दोश सावित गर्ने खेलाडीले तटस्थ झण्डामा रहेर प्रतियोगितामा सहभागीता जनाउन सक्नेछन् । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदले प्रतिबन्ध रुस बिरोधीको हिस्सा भएको बताएका छन् । ‘यो स्पष्ट छ कि रुसमा महत्वपुर्ण डोपिङ समस्या अझ पनि बाँकी छ । मेरो मतलब हाम्रो खेल समुदायसंग हो ।’ उनले भने, ‘यसलाई अस्विकार गर्न असम्भव छ ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुससंग निर्णयको विरुद्व अपिल गर्ने आधार रहेको बताएका छन् । स्विटजरल्याण्डमा बसेको वाडाको कार्यकारी समितिको बैठकले रसियालाई प्रतिबन्ध लगाउने बिषयमा सर्वसम्मत निर्णय गरेको थियो ।

रुसले वाडाको निर्णयविरुद्व २१ दिनभित्र कोर्ट अफ आर्बिटेशन फर स्पोर्ट्स (कास)मा अपिल अपिल गर्न सक्नेछ ।


प्रकाशित | २४ मंसिर २०७६, मंगलवार १२:३१