काठमाडौं उपत्यकाका दस लायन्स क्लवद्धारा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं : काठमाडौं उपत्यकाका दस वटा लायन्स क्लव र चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । सुमेरु मार्ट सातदोवाटो ललितपुरमा आयोजना गरिएको शिविर तथा रक्तदानमा उल्लेख मात्रामा सर्वसाधारणको सहभागिता रहेको थियो ।

लायन्स क्लवका एरिया ईन्चार्ज दिपेन्द्र सिंमखडाका अनुसार कार्यक्रम लायन्स क्लव ललितपुर, लायन्स क्लव म्याली सेन्टिनियल, लायन्स क्लव पिपुल्स, लायन्स क्लव सुमेरु, लायन्स क्लव जनभावना, लायान्स क्लव धापाखेल, लायान्स क्लव श्री गणेश, लायन्स क्लव वल्ड भिजन, लायान्स क्लव कोअपरेट्स गुप्र, लायान्स क्लव शुभलाभको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो ।

काठमाडौं उपत्यकामा रगतको अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रमबाट शनिबार ७७ जनाले रक्तदान गरेको लायन्स क्लवका एरिया ईन्चार्ज दिपेन्द्र सिंमखडाले जानकारी गराउनुभयो ।

  

 


प्रकाशित | २२ मंसिर २०७६, आईतवार १३:०६