विश्वका सुन्दरीलाई उछिन्दै मिस नेपाल अनुष्का मोबस्टार भोटिङमा अग्रस्थानमा

लन्डन : डिसेम्बरमा १४ तारिखमा बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ मोबस्टार भोटिङमा अग्रस्थानमा पर्नुभएको छ । अनुष्कालाई अग्रस्थानमा रहीरहन अझै धेरै भन्दा धेरै मत आवश्यक पर्नेछ । किनकी अन्य देशको भोट बढ्ने बित्तिकै नेपाल पछि पर्न सक्छ । त्यसैले सबैमा निरन्तर भोट गरिरहन अपिल गरिएको छ ।

अनुष्काले १२ प्रतिशत भोट पाउनुभएको छ । पहिलो स्थानमा रहेकी भियतनामकी सुन्दरी लोअङ थुय लिंहले १३.०७ प्रतिशत भोट पाउनुभएको छ । विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिष्पर्धा गरिरहेकी छिन् ।

अनुष्काले सबैको मायाले अहिलेसम्म अग्रस्थानमा आउँन सफल भएकोमा सबैमा धन्यवाद दिनुहुँदै अझै धेरै भोट गरिदिन सबैमा अपिल गर्नुभएको छ । अनुष्कालाई पहिलो चरणमा मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोगको आवश्यकता देखिएको हो । अनुष्कालाई मल्टीमिडिया अवार्ड जित्नको लागि लाईक र शेयरको आवश्यक पर्छ ।

जसको लागि मोबस्टार एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक, शेयर गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । यो जती धेरै लाईक अर्थात शेयर भयो त्यसलाई पनि मल्टीमिडिया अवार्ड छनौटमा एक आधार मानीने गरेको छ ।


प्रकाशित | २० मंसिर २०७६, शुक्रबार १८:०२