काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालका नबिन रसाइलीले स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित कराते हलमा पाकिस्तानका खेलाडीलाई हराउँदै नबिनले ६७ केजी कुमुतेमा स्वर्ण जितेका हुन् ।
नबिनले पाकिस्तानका अहमेद नासिरलाई ८-६ अंकले पराजित गरे । यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कास्य जित्यो । योसँगै १३ औं सागमा नेपालले करातेमा ८ स्वर्ण जितेको छ ।
प्रकाशित | १७ मंसिर २०७६, मंगलवार १३:०३