एथ्लेटिक्समा नेपालकी सन्तोषीलाई ऐतिहासिक स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग ) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सन्तोषीले ३५ मिनेट ०७ :९४ सेकेण्डको समय निकालिन ।

भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । कविताले ३५ मिनेट ०७ : ९५ को समय निकालिन । कास्य जितेकी श्रीलंकाकी निलान्थी लंकाले ३५ मिनेट ५९: ०२ सेकेण्डको समय निकालिन ।

साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । सन्तोषीले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी थिइन् ।


प्रकाशित | १७ मंसिर २०७६, मंगलवार १२:५६