सागमा नेपाल: दुई दशकअघिको सफलता दोहोरिने अपेक्षा

काठमाडौं: सन् १९९९ मा नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद अझै स्मरणीय बन्ने गर्छ। दुई दशक बितिसक्दा आठौं खेलकुद अविस्मरणीय बन्नु स्वाभाविक पनि छ।

त्यतिबेला नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो, जुन सागमा नेपालले हात पारेको सर्वाधिक सफल नतिजा हो। त्यसै संस्करणदेखि सागमा डेब्यु गरेका मार्सल आट्र्सका दुई विधा तेक्वान्दो र कराँतेले सनसनीपूर्ण नतिजा दिएका थिए।

त्यो समय यी दुवैले समान १४र१४ स्वर्ण पदक जितेका थिए। बाँकी तीनमध्ये बक्सिङले दुई तथा पौडीले एक स्वर्ण दिलाएका थिए। तर उक्त संस्करणदेखि यता कराँते र तेक्वान्दोको नतिजा खस्कँदो स्थितिमा छ।

त्यसपछिका तीन संस्करण नवौं, दसौं र एघारौंमा तेक्वान्दो र कराँते स्वर्णमा नेपाल खाली हात भने नफर्के पनि पहिलाको साख जोगाउन सकेको थिएन।

नेपालले नवौं संस्करणमा कराँतेमा एक र तेक्वान्दोमा ६ स्वर्ण मात्र जितेका थिए। त्यस्तै दसौं संस्करणमा कराँतेमा एक र तेक्वान्दोमा दुई स्वर्ण हात पार्न सफल नेपालले ११औं संस्करणमा कराँतेमा तीन र तेक्वान्दोमा दुई स्वर्णमै चित्त बुझाउनुपरेको थियो। भारतमा सम्पन्न १२औं संस्करणमा कराँते समावेश नभए पनि नेपालको तर्फबाट तेक्वान्दोले एउटा स्वर्ण पनि जित्न सकेन।  आजको नागरिक दैनिकबाट


प्रकाशित | १७ मंसिर २०७६, मंगलवार ०७:५३