स्वीटजरल्यान्डमा गैर आवासीय नेपालीले गरे भारतीय अतिक्रमणविरुद्ध प्रदर्शन

स्वीटजरल्यान्ड: भारतीय अतिक्रमणविरुद्ध स्वीटजरल्यान्डमा गैर आवासीय नेपालीले प्रदर्शन गरेका छन् । हालै भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अनधिकृत रुपमा आफ्नो नक्शामा देखाइएको विरोधमा स्वीटजरल्यान्डमा गैर आवासीय नेपालीले विरोधस्वस्प प्रदर्शन गरेका हुन । ‘गो ब्याक इन्डिया फर्म नेपाल’ को प्ले कार्ड बोकेर गैर आवासीय नेपालीले विरोध गरेका हुन ।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्ड, प्रवासी नेपाली एकता मञ्च स्विट्जरल्याण्ड र नेपाली जन सम्पर्क समिती स्विट्जरल्याण्डको संयोजनमा भएको विरोध प्रदर्शनमा यहाँ रहेका विभिन्न संघसंस्थामा आबद्ध गैर आवासीय नेपाली प्रतिनिधिको पनि सहभागिता रहेको एनआरएनए स्वीजरल्याण्डका महासचिव कृष्ण प्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।


प्रकाशित | १० मंसिर २०७६, मंगलवार २३:४७