एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्तलाई एयरपोर्टमा भब्य स्वागत

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुमार पन्तलाई त्रिभुवन अन्तराष्ट्यि विमानस्थलमा भब्य स्वागत गरिएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौम्मा हुन लागिरहेको संघको नवौ विश्व सम्मेलनमा अध्यक्षको उम्मेदवार रहनु भएको पन्तलाई स्वागत गर्न एयरपोर्टमा शुभचिन्तक, समर्थक, विभिन्न पदका उम्मेदवार घोषणा गर्नुभएको ब्यक्तीहरु पुग्नुभएको थियो ।

स्वागतको लागि एनआरएनए आइसिसी उपाध्यक्षका उम्मेदवार सोनाम लामा, कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठ, युवा संयोजकका उम्मेदवार स्वतन्त्र प्रताप साह, यूरोप क्षेत्रीय संयोजकका उम्मेदवार सन्तोष भट्टरार्ई, जर्मनीका आइसीसी सदस्य टंक लम्साल,  हङकङका महासचिव गोकर्ण ढकाल, एनआरएनएका अभियन्ता तथा शुभचिन्तहरुको बाक्लो सहभागिता थियो । तस्विरमा हेर्नुहोस पन्तलाई गरिएको स्वागत :-


प्रकाशित | १७ आश्विन २०७६, शुक्रबार ०१:४८