भ्रमण वर्ष–२०२० को विशेष अभियान सुरु

काठमाडौं : सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० को पूर्व तयारीका लागि विशेष अभियान प्रदेश–२ मा सुरु भएको छ । प्रदेश–२ अन्तर्गतका ८ जिल्लाका ४० पर्यटन आकर्षण क्षेत्र घोषणा गरेको भ्रमण वर्ष–२०२०, प्रदेश–२ ले त्यसका लागि अभियान सुरु गरेको हो । तीन महिनापछि सुरु हुन लागेको भ्रमण वर्षलाई लक्षित गरी प्रदेश–२ को जनकपुरबाट सुरु भएको अभियानको शुभारम्भ प्रदेशका पर्यटनमन्त्री रामनरेश यादवले गरेका थिए ।

प्रदेश–२ का पर्यटकीय सम्भाव्यता बोकेका क्षेत्रहरूको प्रचार–प्रसारसहित अभियान सुरु गरिएको भ्रमण वर्ष–२०२०, प्रदेश–२ का संयोजक मनिष झाले जानकारी दिए । “भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि प्रदेश–२ मा जनकपुरबाट अभियान सुरु भएको छ, अब बाँकी जिल्लामा यसको पूर्व तयारीको क्रममा विभिन्न कार्यक्रम आयोजना गर्न लागेका छौं ।” उनले भने, “सबै सरोकारवाला निकायहरूलाई सहभागी गराएर भ्रमण वर्षको माहोल तयारीका लागि अभियान अघि बढाएका हौं ।”

अभियानअन्तर्गत आज ९बुधबार० र बिहीबार लाहान, असोज १० र ११ गते वीरगन्जका साथै विश्व पर्यटन दिवसको अवसरमा सिमरा विमानस्थलको सरसफाइका साथै १० गते जनकपुरमा पर्यटकहरूसँग गर्ने व्यवहारबारे जनकपुरमा ट्याफु चालकसँग छलफल कार्यक्रमको आयोजना गर्न लागिएको छ । मंगलबार जनकपुरमा बजारीकरण र ब्रान्डिङबारे तालिम आयोजना गरेको प्रदेश–२ को भ्रमण वर्ष समितिले लाहानमा संस्कृतिको प्रवद्र्धन तथा वीरगन्जमा प्याकेज डिजाइनबारे कार्यक्रम आयोजना गर्न लागेको छ । यो समाचार कारोबार दैनीकमा भीम गौतमले लेख्नुभएको छ ।

संयोजक झाका अनुसार, प्रत्येक कार्यक्रममा प्रदेश–२ का ८ जिल्लाका ३÷३ जनासहित सम्बन्धित जिल्लाको पर्यटन मन्त्री, स्थानीय नगरपालिका र गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, होटल तथा पर्यटन व्यवसायी उद्योगी, व्यापारी, पत्रकार लगायतको सहभागिता रहनेछ ।

प्रदेश–२ भ्रमण वर्ष–२०२० ले बारा, धनुषा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, सप्तरी, सर्लाही र सिरहाका ४० पर्यटकीय क्षेत्र छनोट गरेर यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गरिरहेको छ । समितिका अनुसार, बाराका चुरियामाईस्थान, कनकलिनी मन्दिर, महागढीमाई, पर्सा राष्ट्रिय निकुन्ज र रानीवास,धनुषाको जानकी मन्दिर, मिथिला आर्ट, विवाह मण्डप, जनकपुर रेलवे स्टेसन र गंगासागरलाई पर्यटकीय क्षेत्रको रुपमा छनोट गरिएको छ ।

त्यसैगरी महोत्तरीको जलेश्वरनाथ महादेव, लक्ष्मी नारायण मन्दिर, पञ्चधुरा माईस्थान, रौजा मजार र तुप्तेश्वर नाथ मन्दिर, पर्साका दूधेश्वर महादेव, गढीवारा, पारसनाथ मन्दिर, शंकराचार्य गेट र सूर्य गंगा आरती तथा रौतहटको बराह ताल, निजानन्द धाम, नुन्थर बागमती, पशुपतिनाथ र सहिदपार्क छनोट गरिएको छ ।

त्यसैगरी सप्तरीको चिन्नामस्थ भगवती, कनकलिनी मन्दिर, कोसी टप्पु, लोहजारा ताल र राजदेवी मन्दिर, सर्लाहीको चमेलीमाई, हरिहार्क क्षेत्र, नाँधी ताल, राधाकृष्ण मन्दिर र सागरनाथ वन तथा सिरहाको बाबा ताल, किङ शैलेश, पाकादिया गढ, राजदेवी पञ्चावती तथा शैलेश फूलबारी पर्यटकीय क्षेत्रका लागि छनोट भइसकेका छन् ।


प्रकाशित | ८ आश्विन २०७६, बुधबार २१:१०