शेयर बजारमा सुधार

काठमाडौं : शेयर बजारमा आज सुधार देखिएको छ । बुधबार सेयर कारोबार मापन गर्ने सूचक ३.५२ अंकले बढेर परिसूचक ११८४.६१ बिन्दुमा रोकिएको छ । आज १६९ कम्पनीको १६ लाख १२ हजार ३९६ कित्ता सेयर ४१ करोड ४ लाख ९४ हजार ६३२ रुपैयाँमा किनबेच भएको छ । मंगलबार भने ७३ करोड ५१ लाख ५९ हजार ९९२ रुपैयाँको सेयर किनबेच भएको थियो ।

कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा परेको छ । कुमारीको ५ करोड ७२ लाख ५४ हजार १०३ रुपैयाँको सेयर कारोबार भएको छ । कुमारीपछि एनआईसी एसिया बैंङ्कको कारोबार भएको छ । एनआईसी एसियाको प्रतिकित्ता ४६६ रुपैयाँमा २ करोड ९० लाख ८८ हजार रुपैयाँमा सेयर किनबेच भएको छ । पछिल्लो समयमा एनआईसी एसियाको सेयर बढी कारोबार भइरहेको छ ।यस्तै तेस्रोमा क्रमशः एनआईसी एसिया बैंक र एनएमबी बैंक रहेका छन् ।

सेयर बजारमा दश वटा उपसमूहको कारोबार हुँदा जलविद्युत समूहमा मात्र गिरावट देखिएको छ । बाँकी सबै उप समूहमा सुधार देखिएको छ । बैंकिङ २.९६, होटल ०.२२, विकास बैंक ३.१४, वित्त ३.१७, निर्जीबन बीमा कम्पनी २४.२३, उत्पादन तथा प्रशोधन ३.०८, अन्य ६.७३, माइक्रोफाइनान्स २.३६ र जीवन बीमा कम्पनीको १२.५९ अंकले बढेको छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार १६:१८