सिटिजन्स बैंक र एनबीआईबीच सम्झौता

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) बीच तालिम सञ्चालन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंक इन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र नेसनल बैंकिङ इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापश्चात् सिटिजन्स बैंकका कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धिको लागि एनबीआईले विभिन्न विषयमा नियमित रूपमा बैंकिङ तालिमहरू प्रदान गर्ने तथा एनबीआईले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालामा बैंकको सहभागिता रहने पनि बैंकले जनाएको छ ।


प्रकाशित | ५ आश्विन २०७६, आईतवार १३:२७