एनआरएनए चीनको नवनिर्वाचीत कार्यसमितिद्धारा पदभार ग्रहण

चीन : गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनको नवनिर्वाचीत कार्यमितिले पदभार समालेको छ । एनआरएनए चीनको छैठौ अधिवेशनबाट सर्वसम्मत निर्वाचीत नयाँ कार्यसमितिलाई आइसिसी महासचिव डा. बद्री केसीले पद तथा गोपनीयताका सपथ खुवाउनुभएको हो ।

एनआरएनए चीनमा आगामी (२०१९-०२१) कार्यकालको लागि प्रदिप न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचीत हुनुभएको छ । साथै आइसिसी सदस्यमा नवीन विक निर्विरोध निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा सुशिल बेल्वासे, खुस्बु अग्रवाल, महासचिवमा यम बहादुर क्षेत्री, सचिवमा तीर्थ पौड्याल र मुकेश श्रेष्ठ, कोषाध्यक्षमा रञ्जीता आचार्य, सहकोषाध्यक्षमा बलराम लामा, महिला संयोजकमा सविता बर्तौला, युवा संयोजकमा सुरज न्यौपाने निर्विरोध निर्वाचीत हुनुभएको छ ।

 त्यस्तैगरि, कार्यसमिति सदस्यहरुमा तुलसी न्यौपाने, सन्दिप खनाल, यादव अर्याल, विजय कुमार श्रेष्ठ, विशाल श्रेष्ठ, मोहन प्रसाद मैनाली, नवराज तिमिल्सिना, प्रदिप सिंह र मिर्जा रसिद वेग निर्विरोध निर्वाचीत हुनुभएको छ ।


प्रकाशित | २२ भाद्र २०७६, आईतवार १८:५९