एनआरएनए पूर्व अध्यक्ष शेष घले र अध्यक्षका उम्मेदवार कुमार पन्त बेलायतमा

लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए ) यूकेको नवौ साधारण सभामा सहभागि हुन एनआरएनए आइसिसी पूर्व अध्यक्ष शेष घले बेलायतमा आइपुग्नु भएको छ । साथै वर्तमान उपाध्यक्ष एवं अध्यक्षका उम्मेदवार कुमार पन्त पनि बेलायत आउँदैहुनुहुन्छ । साधारण सभामा  घले र पन्तले सम्बोधन गर्नुहुनेछ ।

गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीका अनुसार घलेले संघको अल्डरशटमा आयोजना हुने अधिवेशनमा विशेष सम्बोधन गर्नुहुनेछ । एनआरएन युकेका अनुसार उपाध्यक्ष पन्त आजै दिउँसो १२. ४० बजे हित्रोस्थित विमानस्थलमा उत्रिने तयारीमा हुनुहुन्छ ।

एनआरएन युकेको नयाँ नेतृत्वको लागि १४ तारिखमा निर्वाचन हुदैंछ भने आज साधारणसभा हुन लागेको हो ।  साधारणसभामा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिको रुपमा सहभागि हुनुहुन्छ ।

साथै जापान भ्रमणमा रहनु भएको एनआरएनए आइसिसी उपाध्यक्ष कुल आचार्य समेत साधारणसभामा सहभागी हुन बेलायतमा आजै आउँदै हुनुहुन्छ ।


प्रकाशित | २१ भाद्र २०७६, शनिबार १६:३३