यू–१९ एसिया कप: नेपाल श्रीलंकासँग पराजीत

काठमाडौं : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । कोलम्बोमा शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल पद्दतिको आधारमा ५ विकेटले पराजित भएको हो ।आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले दिएको १६० रनको सामान्य लक्ष्य श्रीलंकाले ३३ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

खेलको ९ ओभर चलिरहदा वर्षाको कारण खेल रोकिएपछि ४२ ओभरमा खेल झारिएको थियो । श्रीलंकाको जितमा कमिल मिश्राले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अहान विक्रमसिंगेले ३० तथा अभिस्का थारिन्दुले अविजित २५ रन बनाए । नेपालका राशिद खानले २ विकेट लिए । पवन सरार्फ, कमल सिंह ऐरी र सागर ढकालको नाममा एक एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । नेपालको सम्मान जनक स्कोरमा रित गौतमले अर्धशतकीय इनिङ्स खेले । रितले नेपालका लागि ८६ बलमा सर्वाधिक ५४ रन बनाए ।

यस्तै कप्तान रोहित कुमार पौडेलले ४७ रन बनाए । त्यस्तै राशिद खानले १५ तथा हरि बहादुर चौहानले १२ रन जोडे । नेपाललाई सस्तैमा रोक्न श्रीलंकाका दिल्सान मधुशनका र नाभोद दिनुसरीले ३र३ विकेट लिए । जितसंगै समूह ुबीु को श्रीलंकाले २ अंक जोडेको छ । नेपालले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

अब नेपालले दोस्रो खेलमा आइतबार बंगलादेशसँग खेल्नेछ । यस्तै नेपालले अन्तिम खेलमा मंगलबार युएईसँग खेल्नेछ । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।


प्रकाशित | २० भाद्र २०७६, शुक्रबार १७:५६