एनआरएन चिरञ्जीवी थापाको लगानीमा निमार्णाधिन नाथम टिचिङ होटेलको पर्यटनमन्त्रीद्धारा निरीक्षण

काठमाण्डौं :  काठमाण्डौंको रविभवनमा निमार्णाधिन अन्तराष्ट्रियस्तरको नाथम टिचिङ होटेलको संस्कृती, पयर्टन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले निरिक्षण गर्नुभएको छ । निमार्ण कार्यको अन्तिम चरणमा पुगेको निमार्णाधिन नाथम टिचिङ होटेलको मन्त्री भट्टराईले निरिक्षण गर्नुभएको हो ।

निरिक्षणपछि मन्त्री भट्टराईले होटेलको गुणस्तरियतामा संझौता नगर्न होटल व्यवस्थापनलाई निर्देशन दिनुभयो । नाथक टिचिङ कलेजका प्रिन्सिपल दुर्गादत्त ढकालसहित होटेल निरिक्षण गर्न पुग्नुभएको थियो । मन्त्री भट्टराईले भ्रमण वर्षअघि नै काम सम्पन्न गर्न समेत निर्देशन दिनुभयो । प्रिन्सिपल ढकालले पनि होटेल भ्रमण वर्षमा सञ्चालन आउने बताउनुभयो ।

सो अवसरमा होटेल सञ्चालक चिरञ्जिवी थापाले भ्रमण वर्ष २०२० मा नाथम टिचिङं होटेलले विदेशी पर्यटकलाई स्वागत गर्नेर त्यसका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो । होटेल सञ्चालक थापाले चाँडै नै होटेललाई पाँच तारेमा विकास गर्ने सोच रहेको समेत जानकारी गराउनुभयो ।

८ रोपनी क्षेत्रफलमा निमार्णाधिन नाथम टिचिङ होटेलको १०३ वेडरुम हुनेछ । स्विमिङ पुलसहितको सुविधा सम्पन्न होटेलमा ५ ब्याङकुट, ३ रेष्टुरेन्ट, २ बार, सभा हल, स्पा लगायतको सुविधा हुनेछ ।

गैर आवासीय नेपाल संघ एनआरएनए थापाको लगानीमा निमार्ण भइरहेको होटेलको व्यवस्थापन नेपालीकै हुनेछ । निमार्णको अन्तिम तयारीमा रहेको होटेलको काम करिब ८० प्रतिशत भन्दा बढि सकिएको सञ्चालक थापाले बताउनुभयो ।


प्रकाशित | १८ भाद्र २०७६, बुधबार १७:३९