टानको प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटाको उम्मेदवारी

काठमाडौं : ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को प्रथम उपाध्यक्ष पदमा प्रकाशचन्द्र देवकोटाले उम्मेदवारी दिनुभएको छ । आगामी भाद्र २० गते हुने निर्वाचनमा अनुभवी पर्यटन व्यवसायी तथा नेपाल गाईड ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाशचन्द्र देवकोटाले अञ्जन थापा (कुमार) समुहवाट प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।

विगत २२ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशिल देवकोटा होटल व्यवसायमा पनि आवद्ध हुनुहुन्छछ । २०३२ सालमा गोरखा जिल्लाको भिमसेन गाउँपालिका खागीथोकमा जन्मिएका देवकोटा करीब २२ वर्षदेखि टे«किङको क्षेत्रमा आवद्ध रहँदै आउनुभएको छ । प्रविणता प्रमाणपत्र तहको अध्ययन पूरा गरेका देवकोटा पदयात्रा क्षेत्रको तल्लो तहदेखि नै क्रियाशिल रहँदै आउनुभएको छ ।

दयात्रा व्यवसायको सहयोगी कर्मचारी र गाइड हुँदै कम्पनी संचालकसम्म बनेका उनी सहासिक पर्वतीय पर्यटन व्यवसायलाई राम्ररी बुझेको व्यक्ति मानीनुहुन्छ ।

अष्ट्रेलियाको फ्रेण्ड्स अफ नेपालसँग समेत आवद्ध र उहाँको समाजसेवामा पनि उत्तिकै रुची छ । उहाँले सोही संस्था मार्फत डोल्पा लगायतका जिल्लाहरुमा समेत शिक्षा र स्वास्थ्यको क्षेत्रमा योगदान गर्दै आउनुभएको छ ।

“नेपालको पदयात्रा पर्यटन क्षेत्रमा दुई दशकभन्दा वढि समय विताउँदा प्राप्त अनुभवलाई टान र नेपालको पदयात्रा पर्यटन क्षेत्रको विकासमा लगाउन सकिन्छ भनेर जान चाहेको हुँ”–प्रथम उपाध्यक्ष पदका उम्मेदवार देवकोटाले बताउनुभयो । टानका विगतका नेतृत्वले गरेका राम्रा कामलाई निरन्तरता दिन र गर्न नसकेका कामहरु आगामी नेतृत्वले पुरा गर्नुपर्ने उहााको धारणा छ । टान नेतृत्वमा जो गएपनि व्यवसाय र व्यवसायीको हितमा काम गर्नुपर्ने मान्यता उहाँ राख्नुहुन्छ ।

आजको सन्दर्भमा व्यवसायी र मजदुरको विचमा देखिएका समस्या समाधान गर्ने, टिम्सको कोषलाई सहि र प्रभावकारी ढंगले खर्च गर्ने वातावरण निर्माण गर्ने, व्यवसायीका पिरमर्कामा टान सहयोगी बन्न सक्ने वातावरण निर्माण गर्नु नै आफ्ना एजेण्डाहरु भएको उहाँले बताउनुभयो । “टानमा गएर सामुहिक ढंगले नेपालको पदयात्रा पर्यटन क्षेत्रका समस्याहरुको समाधान,यो क्षेत्रको विकास,नितिगत समस्याको समाधानमा आँफु र टान नेतृत्वलाई केन्द्रित गराउनेछु”–देवकोटाले भन्नभयो ।


प्रकाशित | १७ भाद्र २०७६, मंगलवार १४:२५