एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा डा. चिरञ्जीवी खडका निर्विरोध निर्वाचीत

चेक रिपब्लीक : गैर आवासीय नेपाली संघ चेक रिपब्लिकको अध्यक्षमा डा. चिरञ्जीवी खडका र आइसिसि सदस्यमा क्षत्र बहादुर अधिकारी सर्वसम्मत निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, महिला उपाध्यक्षमा एञ्जीला सिंह (क्षेत्री थापा), उपाध्यक्षमा छवीलाल कँडेल र प्रेम खरेल, महासचिवमा विनोद ढकाल, सचिवमा पूर्ण बहादुर बोहरा, सह-सचीवमा गोपाल बस्नेत, कोषाध्यक्षमा गिरी प्रसाद कँडेल, सहकोषाध्यक्षमा विष्णु महत्त, महिला संयोजक अनु कार्की, युवा संयोजकमा भूपेन कार्की, युवा सहसंयोजकमा नवीन न्यौपाने सर्वसम्मत निर्वाचीत हुनुभएको छ ।

त्यस्तैगरि, सदस्यहरुमा क्रमश सरुना बज्राचार्य, बेनजामिन रायमाफी, दुर्गा प्रसाद अर्याल, सुजन देवकोटा, चक्र बहादुर रायमाझी, अनील कुमार लामा र गौरव आचार्य सर्वसम्मत निर्वाचीत हुनुभएको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए ) चेक रिपब्लिकको पाँचौं अधिवेशन एनआरए यूरोप संयोजक शिव कुमार बरुवाललले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा बोल्नुहुँदै संयोजक बरुवालले एनआरएन अभियान र नेपालमा भूकम्पको बेला चेक रिपब्लिकले महत्वपूर्ण योगदान दिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

एनसिसि चेकमा वैदेशिक रोजगारमा आएकाहरुको समस्यामा साथ दिनको लागि आइसिसिले युरोप क्षेत्रको लागि छुट्टै वैदेशिक राहत कोषको स्थापना गर्न लागेको र सबैलाई आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा सहभागी हुन आग्रह समेत गर्नुभयो । आफू एनआरएनएको अभियानलाई अगाडि बढाउने उद्देश्यका साथ अझ जिम्मेवारी लिएर यो अभियान लाई सक्रियता साथ आगाडी बढाउन आइसिसि सचीवमा उम्मेदवारी दिन लागेको समेत जानकारी गराउनुभएको थियो ।

अधिवेशन सभापति डा. चिरञ्जीवी खडकाको सभापतीत्वमा सम्पन्न भएको थियो । अधिवेशनमा पूर्व अध्यक्ष जितेन्द्र रायमाझीले पनि बोल्नुभएको थियो । कार्यक्रम महासचिव किशोर रायमाझीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य निवर्तमान महिला उपाध्यक्ष शुस्मा थापाले राख्नुभएको थियो ।

चेक रिपब्लीकमा डेढ महिना अघि नै तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो । निर्वाचन कमिटीमा जीतेन्द्र रायमाफी, बैकुण्ठ रायमाझी, यादुराम पन्ती हुनुहुन्थ्यो । निर्वाचन कमिटिले सम्पूर्ण प्रक्रिया पूरा गरेर मनोनयन दर्ता गराउँदा सबै पदमा सर्वसम्मत भएको थियो । सबै पदमा सर्वसम्मत भएसँगै अधिवेशनबाट निर्वाचन कमिटीले नयाँ कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पद्भारको जिम्मेवारी प्रदान गरेको हो ।


प्रकाशित | १६ भाद्र २०७६, सोमबार १६:१०