एनआरएनए मलेसियाको छैटौ अधिवेशन सम्पन्न, विश्वभरिका एनआरएनए अभियन्ताहरुको बाक्लो सहभागिता

मलेसिया : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मलेसियाको छैटौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशन मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, एनआरएनए आइसीसीका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले संयुक्तरुपमा औपचारिक उद्घाटन गर्नुभएको हो ।

उदघाटन समारोहमा बोल्नुहुँदै राजदूत पाण्डेले दुतावास एनआरएनए मलेसियासँग सहकार्य गरेर अघि बढन तयार रहेको बताउनुभयो । एनआरएनए अध्यक्ष भवन भट्टले एनआरएनएको आगामी कार्यकालका लागि उम्मेदवार नहुने औपचारिक घोषणा गर्दै एनआरएनका हरेक अभियानमा भने आफु सक्रियपूर्वक सहभागी हुने बताउनुभयो । एनआरएनए उपाध्यक्ष एवं अध्यक्षका उम्मेदवार कुमार पन्तले अब गैर आवासीय नेपाली संघको प्रमुख कार्यभार श्रमीक वर्गको हितमा केन्द्रित हुने बताउनुभयो । श्रमीक वर्गको लागि एनआरएनएले खडा गरेको श्रमीक कल्याणकारी कोषलाई डलरमा पुर्याउने बताउनुभयो ।

वर्तमान उपाध्यक्षद्धय पन्त र कुल आचार्यले आफु नेतृत्वका लागि तयार रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा एनआरएन सचिव डिवी क्षेत्री र जानकी गुरुङ, आइसिसी प्रवक्ता भूषण घिमिरे, एनआरएनए ओसेनिया पूर्व संयोजक मन केसी, ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, मध्यपूर्व क्षेत्रीय संयोजक आरके शर्मा, एनआरएन आइसिसी युवा संयोजक सुदन थापा, एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष डा. केशव पौडेल, एनआरएन एसिया प्याशिफिकका पूर्व सहसंयोजक, गोविन्द श्रेष्ठ (रोविन्द ) र ओम गुरुङ, आइसिसी सदस्य मनोज गोर्खाली,  एनआरएनए आईसीसी सदस्य महेश श्रेष्ठ, अष्ट्रेलियाबाट स्वतन्त्र प्रताप शाह र सुदिप कार्की लगायतले मन्तब्य राख्नुभएको थियो ।  कार्यक्रम वर्तमान अध्यक्ष खगेन्द्र न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

एननआरएनए मलेसिया अध्यक्षमा हरि प्रसाद भट्टराईसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भइसकेको छ । वरिष्ठ उपाध्यक्षमा सुन्दर आले, उपाध्यक्ष ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्ष सुभद्रा लिङ्गदेन, महासचिव हेमराज सापकोटा सचिव रन्जित छेत्री, सचिव नेत्र केसी, कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजक रबिलाल अधिकारी, आइसिसी सदस्यमा महेन्द्रजंग शाह, टेक टमटालगायत ३३ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।

निर्वाचित कार्यसमितिको सदस्यहरुमा अनिल कुमार चौधरी, अरुण गिरी, बिनोद बहादुर थापा, बिमल कुमार राना, बिनोद पाण्डे, गोबिन्द साउद, दिल कुमार केरुङ, मच्छिन्द्रनाथ चापागाई, इन्द्रनारायण लिम्बु, कृष्ण बहादुर बस्नेत, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, सन्तोष प्रकाश रिजाल, इन्द्रबहादुर कुँबर, सन्तोष कार्की, केशबकान्त झा, माधबप्रसाद भुषाल, पासाङ लामा र योगेन्द्र कोइराला हुनुहुन्छ ।


प्रकाशित | १५ भाद्र २०७६, आईतवार १५:३३