चलचित्रमा करिअर बनाउन चाहन्छिन्  मोडल पुजा

काठमाडौं : र्याम्प शोबाट मोडलिङ यात्रा सुरु गरेकी पुजा गौतम चलचित्रमा करिअर बनाउन चाहन्छिन् । अभिनेता प्रदीप खड्काकी ससक्त फ्यान हुन पुजा । स्थायी घर झापाकी २१ बर्षीया मोडेल पुजा हाल काठमाडौंको जडीबुटीमा बस्छिन् ।  पुजा पछिल्लो पुस्ताकी मोडल हुन् ।५ फिट ६ इन्च आकर्षक उचाईकी पुजा नृत्यमा पनि त्यत्तिकै पोख्त छिन् । नृत्य र अभिनय आफ्नो रोजाई भएको उनले बताईन् । मोडलिङसँगै भविष्यमा चलचित्रको एउटा सफल अभिनेत्री बन्ने उनको लक्ष्य रहेको छ ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार २०:३७