एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा निर्वाचीत

कतार:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) कतारको अध्यक्षमा मोहम्मद मुक्तदा निर्वाचीत हुनुभएको छ । आगामी २०१९ -०२१ कार्यकालको लागि मुक्तदा निर्वाचीत हुनुभएको हो ।  त्यस्तैगरि आइसिसी सदस्यहरुमा होम नाथ शर्मा, रमेश भट्ट, केवी हमाल र युबराज शर्मा निर्वाचीत हुनु भएको छ ।

त्यस्तै, प्रथम उपाध्यक्षमा उत्तम गुरुंग, द्दितिय उपाध्यक्षमा कुमार खड्का महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेल, महासचिवमा पदम गिरी, सचिवमा नियमत भुज़ेल, सचिवमा अफसर अलि खान , कोषाध्यक्षमा बिनोद प्रसाद बासौल, सह कोषाध्यक्ष मो तानबिर रोजा, युवा संयोजकमा रबीन र महिला संयोजक अम्बिका खत्री निर्वाचीत हुनुभएको छ ।


प्रकाशित | ७ भाद्र २०७६, शनिबार १२:४९