एनआरएनए यूरोप संयोजक पदमा बेल्जियमबाट गंगाधर गौतमको उम्मेदवारी घोषणा

बेल्जियम: गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोप क्षेत्रको क्षेत्रीय संयोजकमा गंगाधर गौतमले उम्मेदवारी घोषणा गर्नुभएको छ । सन २००६ मा बेल्जियमको उपाध्यक्ष हुँदै एनआरएनए बेल्जियमको पूर्व अध्यक्ष समेत रहनु भएको गौतमले आगामी (२०१९- २०२१ ) कार्यकालको लागि क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

हाल बेल्जियम एनआरएनको प्रमुख निर्वाचन संयोजकको रुपमा रही सर्वसम्मत नेतृत्व चयन गर्न सफल गौतम अघिल्लो आठौ महाधिवेशनमा समेत सोही पदमा प्रत्यासी हुनुहुन्थ्यो । एनआरएन एउटा अभियान भएकाले तल्लोे तहदेखि नै काम गर्दै जाने चाहाना अनुरुप यूरोप संयोजकमा नै जाने निधो गरेको गौतमले बताउनुभयो । गौतम नेपाली जनसम्पर्क समिति युरोपको महामन्त्री समेत हुनुहुन्छ ।


प्रकाशित | ५ भाद्र २०७६, बिहीबार १८:३७