एनआरएन अभियानमा एसी शेर्पा र उम्मेदवारीको सवाल

किरण बुढाथोकी /काठमाडौं

सोलुखोम्बु जिल्ला टाप्टीङ नगरपालिका १० दुधकुण्डामा जन्मे पनि सानैदेखि अमेरिका बस्दै आउनुभएको एसी शेर्पा गैर आवासीय नेपाली संघको एक अभियन्ता हुनुहुन्छ । तन, मन र धन सबै कुरामा सफल एसी शेर्पा गैर आवासीय नेपाली संघमा स्थापनाकालदेखि नै सक्रिय हुनुहुन्छ । विशेष गरि संस्था, देश र समाजमार्फत निस्वार्थ सेवा गर्दै आउनुभएको शेर्पा एनआरएनको लागि एक गौरव गर्न लायक ब्यक्तीत्व समेत हुनुहुन्छ ।

शेर्पाले सन् २०१० मा पहिलो पटक गैर आवासीय नेपालीको तर्फबाट विश्वको सात हिमालको सफल आरोहणसँगै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर एनआरएनको झन्डा फरफराउनुभएको छ । शेर्पाले चढेको दिन गनेर ४२ दिनमा सातै महादेशका अग्लो हिमालमा आरोहण सफल गरेर विश्व कीर्तिमान राख्नु भएको हो ।  विश्वको सर्वोच्च शिखर सातै महादेश (सेभेन समिट) को छोटो समयमा सफल आरोहण गरेर विश्व कीर्तीमानी राख्दै अहिले संसारको सबैभन्दा धनी ( अमेरिकाको मडाइना सिटी ) ब्यक्तीहरुको छिमेकी बन्न सफल हुनुभएको हो । सेभेन समिट फाउन्डेसनको अध्यक्ष रहनुभएको शेर्पा वांशिङटनको लागि नेपाली वाणिज्यदूत समेत हुनुहुन्छ । गैर आवासीय नेपाली संघको अभियानसँगै कुटनीतिक क्षेत्रमा पनि राम्रो अनुभव हासिल गर्नुभएको शेर्पाले अमेरिकामा बसेर पनि नेपालको शीर उच्चों बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउनु भएको हो ।

एसी सानै उमेरमा अमेरिकामा पुग्नु भयो । सानैदेखि सघर्ष गर्ने स्वभावको एसी जीवनको कालखण्डमा इमानदार, मेहेनती भएकै कारण प्रगतिपथमा पुग्न सफल हुनुभयो । सन् १९८७ मा १३ वर्षको उमेरमा अमेरिका पुगेर उतै हुर्कनु भएको एसीले सोही ठाउँबाट उच्च शिक्षा हासिल गर्नुभयो । एसीलाई त्यो समयको सघर्षको पल अहिले पनि झलझल्ती सम्झना आउँछ । ’बाटोमै सुत्तेको त्यो क्षण अहिले पनि सम्झना आउँछ’, एसी भन्नुहन्छ, ’सघर्ष गरेरै हुर्केको र पढेको हो, दुख नगरी सुख हुँदो रहेनछ ।’ एसी थप्नुहुन्छ, ’जीवनमा कहिल्यै हरेस खाइएन तर नगरेका काम पनि केहि छैन ।’ आफूले सानैदेखि दुख गरेर हुर्केकै कारण भएर होला एसी अहिले संसारको धनी बस्ने शहरमा बस्दा पनि आफूमा त्यस्तो भावना कहिल्यै नआएको बताउनुहुन्छ ।

एसी दुई वर्षदेखि संसारका सबैभन्दा धनी बस्ने ब्यक्तीको छिमेकी बन्नुभएको हो । ’निरन्तर मिहेनत र कर्म गर्नुपर्ने रहेछ, ढिलो चाँडो भगवानले पनि साथ दिने रहेछन’, एसी भन्नुहन्छ, ’अहिले पनि मलाई खान लाऊन पुगोस दिन पुगोस भन्ने भावना नै आउँछ ।’ ’गरिब दिन दुखीलाई सेवा गर्नुमै बढी आनन्द महसुस गर्ने गरेको छु’, एसी भन्नुहुन्छ । यतिबेला भने एसी शेर्पाको जीवनको सफलताको कथा सुन्दा निकै रोचक र सबैको लागि प्रेरणादायी बन्न पुगेको छ ।

वील गेट्सलाई नेपाल भ्रमण गराउने इच्छा

मडाइनामा बस्न थालेको दुई वर्षको अवधिमा मर्निङ वार्कको सिलसिलामा एसीले विल गेट्सलाई दुई पटक भेटनु भएको छ । सो भेटमा एसीले विल गेट्सलाई नेपाल भ्रमणको लागि आग्रहसमेत गर्नुभएको छ । एसीको आग्रहलाई बील गेट्सले स्वीर्कादै आफनो जीन्दगीमा घुम्ने स्थलमध्येको एक नेपाल पनि परेको बताउँदै एक दिन आफनो परिवारसहित नेपाल भ्रमण गर्ने जवाफ दिनुभएको थियो । साथै बील गेट्सले नेपाल भ्रमणमा जाँदा एसी शेर्पाको सम्पर्कमा जाने बताउनुभएको थियो ।

एसी अहिले सो वासिङटन स्टेटको अवैतानीक वाणिज्य दुतसमेत हुनुहन्छ । गेट्सको नेपाल भ्रमणको लागि विभिन्न निकायसँग कुराकानी भइरहेको एसीले बताउनुभयो । एसीको योजना विल गेट्सलाई नेपाल भ्रमण गराउनुमा नै बढी केन्द्रित छ ।

एनआरएनमा एसी शेर्पा

गैर आवासीय नेपाली संघ २००३ मा स्थापना भयो । एसी शेर्पा संघको स्थापना सँगै सक्रियतापूर्वकएनआरएन अभियानमा लाग्नुभयो । स्थापनाकालदेखि नै लाग्नुभएको एसीको यो अभियानमा ठूलो योगदान छ । एनआरएनका विभिन्न भुमिकामा रहेर काम समेत गरिसक्नु भएको शेर्पाले सन् (२०१५–२०१७ ) मा एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय उपसंयोजक डिआरसी पदमा रही कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । साथै नेपालको कुनै पनि प्राकृतिक विपत्तिमा एसीले महत्वपूर्ण सहयोग पुर्याउँदै आउनुभएको छ । नेपालमा भूकम्प जाँदादेखि नेपालमा भएको नाकाबन्दी हुँदै, तराईमा आएको बाढीलगायतका हरेक प्राकृतिक विपत्तिमा एसीको योगदान महत्वपूर्ण रहेको छ ।

एनआरएनमा एसी शेर्पाको योगदान

गैर आवासीय नेपाली संघको अभियानमा एसी शेर्पाको योगदान अतुलनीय र प्रशंसायोग्य छ । विशेष गरि गैर आवासीय नेपाली संघले निर्माण गरेको लाप्राक प्रोजेक्टमा शेर्पाले आर्थिक मात्र नभई भौतीक सहयोग समेत गर्नुभएको छ । शेर्पाले लाप्राक पोजेक्टमा लाखौ लाख सहयोग गर्नुभएको छ । ब्यक्तीगत रुपमा मात्र लाप्राक प्रोजेक्टको लागि शेर्पाले ३० लाख सहयोग गर्नुभएको छ । विभिन्न संंघसस्थामार्फत लाप्राकमा उहाँले ठूलो सहयोग गर्नुभएको छ । साथै एनआरएन पूर्व अध्यक्ष शेष घलेसँगै रहेर कयौ रात लाप्राकै बिताउनुभएको छ । त्यतीमात्र नभई एनआरएनले सञ्चालन गरेका प्रोजेक्ट शख्खमूल पार्क, एनआरएनको आफनै भवनमा समेत शेर्पाले ठूलो रकम सहयोग गर्नुभएको छ । प्रचारमा भन्दा कामलाई बढी प्राथमिकता दिने स्वभावको शेर्पाले नेपालमा भारतले नाकाबन्दी लगाउँदा अझ ठूलो योगदान गर्नुभएको छ । त्यो बेला विभिन्न ठाउँमा लाखौ लाख सहयोग गर्नुभएको हो । नेपालको महाविनाशकारी भूकम्पमा परेका प्रभावीत क्षेत्रमा पुगी सहयोग गर्नुभएको शेर्पाले भूकम्पले भत्काएका संरचना पुर्न निर्माणमा ब्यक्तीगत रुपमै आर्थिक सहयोग गरेर भवन निर्माण गरिदिने कार्य समेत गर्दै आउनुभएको छ । साथै नेपालको हरेक प्राकृति विपत्ति जस्तो तराईमा आएको बाढीपीडितको लागि पनि सहयोग गर्नुभएको छ । एनआरएनमार्फत यस्ता कयौ क्षेत्रमा प्रत्यक्ष /अप्रत्यक्ष रुपमा शेर्पाको ठूलो योगदान छ ।

आगामी निर्वाचनमा सह-कोषाध्यक्षको उम्मेदवार

एसी शेर्पाले गैर आवासी नेपाली संघ (एनआरएनए ) को आगामी नवौ महाधिवेशनमा आइसिसी सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । ‘आर्थिक अनुशासन, पारदर्शीता स्रोत विकासको लागि’ मुख्य एजेन्डा बनाएर शेर्पाले आगामी कार्यकालको लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । तल्लो तहमा बसेरै धेरै काम गर्न सकिन्छ भन्दै शेर्पाले सहकोषाध्क्षमा उम्मेदवारी दिएको बताउनुभयो । एनआरएनए संस्थाको संस्थागत योगदानलाई हेर्ने हो भने शेर्पाको योगदान नेतृत्व गर्ने वा उपाध्यक्षमा दाबेदारी गर्नेहरुको भन्दा कम छैन । यद्यपी एनआरएन अभियान लामो र निरन्तर चल्ने प्रक्रिया भएकाले आइसिसी पदाधिकारीको तल्लो पदबाट उम्मेदवारी दिएको शेर्पाले बताउनुभयो ।

विश्वभरी छरिएर रहेका गैर आवासीय नेपालीको संकलीत रकमलाई पारदर्शी गर्दै सही सद्प्रयोग गर्ने र आर्थिक अनुशासन कायम गर्ने शेर्पाको योजना छ । शेर्पा सहकोषाध्क्षको सबैभन्दा बलियो उम्मेदवार समेत हुनुहुन्छ । विशेष गरि शेर्पाले एनआरएनमा अहिलेसम्म गरेको योगदानलाई सबैले सम्मान र इज्जत गर्नुपर्ने खाँचो देखिन्छ । काम गर्ने र योगदान गरेका निस्वार्थी ब्यक्तीहरु नेतृत्व तहमा आए मात्र संस्था बलियो बन्न सक्छ भन्नेमा सायदै कसैको दुई मत नहुन सक्छ । शेर्पा यही गुणले युक्त ब्यक्तीत्व हुनुहुन्छ । यसमा सबैले गम्भिर भएर चिन्तन मनन गर्नुपर्ने छ ।

परोपकारी तथा सामाजीक कार्य

समाजको लागि केहि गरौ भन्ने भावना राख्नु हुने एसीले धेरै क्षेत्रमा परोपकारी तथा सामाजीक कार्य पनि गर्नुभएको छ । विशेष गरि एसीले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान तथा सहयोग गर्नुभएको छ । एसीले आफनै जिल्ला सोलुखुम्बुका धेरै क्षेत्रमा सहयोग गरिरहनु भएको छ । शेर्पाले सोलुखुम्बुका ११० घरलाई विजुलीको वन्दोवस्त गर्नुभएको छ । साथै जिल्लामा हाईडोपावरदेखि लिएर शिक्षा, स्वास्थ्य क्षेत्रमा शेर्पाको योगदान अतुलनीय छ । शेर्पाले टाप्टीङसोलनासामा अवस्थित बाल्यकालमा आफू अध्ययनरत जनप्रिय उच्च माध्यमिक विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउन समेत ठूलो मेहेनत गर्नुभयो र सफल पनि हुनुभयो । विद्यालयलाई सरकारीस्तरबाट उच्च माध्यमिक बनाउन सफल एसीले सेभेन फाउन्डेसनमार्फत भूकम्पमा भत्केको आफै पढेको विद्यालयलाई पुनः निर्माण गरिदिनुभयो । साथै सिन्धुपाल्चोकलगायत जिल्लामा भूकम्पले भत्केको विद्यालयमा समेत आर्थिक सहयोग उपलब्ध गराउँदै आउनुभएको छ ।

अमेरिकामा बिजनेस कोलाबरेशन

त्यस्तै, वांशिङटनको लागि नेपाली वाणिज्यदूत रहनु भएको शेर्पाले जुलाई २६, २०१९ मा मात्र नेपाल र अमेरिकामा रहेका नेपाली-अमेरिकी ब्यवसायीहरुको लागि बिजनेस कोलाबरेशन नामक ‘बिजनेस सम्मेलन’ पनि सम्पन्न गर्नुभएको छ । आफनो एकल आयोजनामा लाखौ खर्च गरेर शेर्पाले नेपालको पर्यटन प्रबद्र्धन तथा नेपाल सरकारले मनाउन लागिरहेको भिजीट २०२० लाई सफल बनाउने उद्देश्यले जुलाई २६ मा नेपाल र अमेरिकामा लगानी, त्यसको बजारको अवस्था र सम्भावनाको विषयमा सम्मेलन आयोजना गर्नुभएको थियो । कार्यक्रम नेपाल सरकारका राजदूत डा. अर्जुन काकीको प्रमुख आतिथ्यितामा सम्पन्न भएको थियो । सोही अवसरमा कार्यक्रममा मिस नेपाल २०१९ की अनुष्का श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । सो कार्यक्रममा सहभागी मिस नेपाल अनुष्काको ब्यूटी अफ प्रपोजनको लागि छोटो समयमा शेर्पाले ३० हजार डलर संकलन गरि सहयोग गर्नुभएको छ ।


प्रकाशित | २६ श्रावण २०७६, आईतवार २२:५३