सार्वजनिक यातायात व्यवस्थापन विधेयक राष्ट्रियसभामा पेश

काठमाडौँ : उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सो विधेयक प्रस्तुत गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २९ गते १ बजे बस्नेछ ।


प्रकाशित | २६ श्रावण २०७६, आईतवार १८:२८