एनआरएनए कोरिया अध्यक्षमा लक्ष्मी गुरुङद्धारा पुन: उम्मेदवारी घोषणा

कोरिया: गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाको अध्यक्षमा लक्ष्मी गुरुङले पुन उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी २०१९ -२०२१ कार्यकालको लागि अध्यक्षमा पुन उम्मेदवारी घोषणा गर्नुभएको हो । आफनो कार्यकालमा संस्था दर्ता प्रक्रियामा पूरै समय बिताउनु परेको भन्दै आफना अधुरा योजना पूरा गर्न पुन उम्मेदवारी घोषणा गरिएको विश्व सन्देशलाई जानकारी गराउनुभयो ।

हाल अध्यक्ष रहनु भएको गुरुङले अघिल्लो चनुावी प्रतिबद्धतामा राखिएका कुनै पनि एजेन्डामा प्रवेश गर्न नपाएको र एनआरएनएलाई कोरियामा दर्ता गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब कोरियालाई दर्ता गरिछाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

एनआरएनए कोरिया दर्ताको अन्तिम तयारीमा रहेको गुरुङले जानकारी गराउनुभयो । ‘दर्ता गर्ने कार्य लगभग पक्कापक्की भएको छ, अब दर्ता प्रमाणपत्र आउँन मात्र बाँकि छ,’ उहाँले भन्नुभयो । गुरुङ एनआरएन कोरियाको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बन्नुभएको थियो ।


प्रकाशित | २२ श्रावण २०७६, बुधबार १५:३५