एनआरएन अभियन्ता सोनाम लामा जसले करोडौ खर्चेर चम्काए मुक्तीनाथ मन्दिर परिसर

किरण बुढाथोकी /मुस्ताङ

लामो समयदेखि गैर आवासीय नेपाली अभियानसँगै समाजसेवामा क्रियाशील रहँदै आउनुभएको सोनाम लामा कम बोल्ने स्वभावको हुनुहुन्छ । सानैदेखि कम बोल्ने स्वभावको सोनाम कामलाई भने बढी विश्वास गर्नुहुन्छ । लामा प्रचार प्रसारमा पनि खासै रुची राख्नु हुन्न । बोलेर होइन काम गरेर देखाउनुुपर्छ भन्ने भावना राख्ने लामाले पछिल्लो समय एनआरएनले गर्व गर्न लायक काम गरेर सबैलाई गतिलो पाठ सिकाउनुभएको छ । साथै एनआरएनले गफ मात्र गर्छन, काम गर्दैनन् भन्ने भ्रमलाई चिर्दै उदाहरणीय काम गरेर सबैलाई गतिलो पाठ सिकाउनुभएको हो ।

लामाले मुस्ताङको मुक्तीनाथ मन्दिर परिसरभित्र आफैले करोडौ रुपैयाँ खर्चेर मन्दिर परिसरको मुहारमा परिर्वतन ल्याउनुभएको हो । लामा विगत पाँच वर्षदेखि मन्दिर परिसरलाई चम्काउने अभियानमा अह्रोरात्र जुट्दै आउनुभएको छ । एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय सहसंयोजक डिआरसी हुँदै आरसी पद्को जिम्मेवारी निकै इमानदारीपूर्वक निर्वाह गर्दै आउनुभएको लामाको एनआरएन अभियानमा ठूलो योगदान रहँदै आएको छ । विशेष गरि एनआरएनको लाप्राक पोजेक्टमा उहाँले करोडौ सहयोग गर्नुभएको थियो । हाल एनआरएनको कुनै भुमिकामा नरहे पनि लामाको सामाजीक सेवा गर्ने बाटो भने रोकिएको छैन ।

विश्व प्रसिद्ध हिन्दु र बौद्ध धर्मस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर पुग्ने पर्यटकको संख्या खचाखच भइरहेको समाचार सुनिरहँदा मन्दिर परिसरभित्र उनै सोनाम लामाले निर्माण गर्नुभएको बुद्धको मूर्ति, विभिन्न संरचनाले मन्दिरको शोभा बढाउनुको साथै मन्दिरनै चम्किेको देखिन्छ । सन् २०१४ मा मन्दिर परिसरभित्र मन्दिर विकास समितिको स्वीकृती लिई लामाले शूरुमा बुद्धको मूर्ति बनाउने योजना बनाउनुभयो । ’लुम्बिनी टु मुक्तीनाथ’ अवधारणलाई अगाडि सार्दै आफनै प्रयासमा मूर्ति निर्माण गर्ने काम लामाले शूरु गर्नुभयो । आफूले इमानदारीपूर्व कमाएको धन समाजसेवा तथा धार्मिक क्षेत्रमा लगाउने उहाँमा भित्रैदेखिको इच्चा थियो । लामाले जुन इच्चा तथा जोश जाँगरलाई शाकार तुल्याउन निरन्तर लागिपर्नुभयो ।

आफनो योजनामा सपरिवारको साथ पाएपछि लामाले मन्दिर परिसरभित्रको करिब ६ रोपनी क्षेत्रफलमा बुद्धको ३५ फिटको मूर्ति बनाउने निधो गर्नुभयो । विश्वमा नभएको र अहिलेसम्म कसैले पनि नबनाएको बुद्धको मुर्ति बनाउने योजना बनाएर लामाले काठमाडौंमा ढुंगाले कुँदेर बनाएको मूर्ति बनाउन शूरु गर्नुभयो । ढुंगाले कुँदेर बनाएको मूर्तिलाई विभिन्न समयमा गरि १३ वटा ट्रकमा राखेर लगी अहिले मन्दिर परिसरमा बुद्धको मूर्ति खडा गरिसक्नु भएको छ ।

सरकारीस्तरबाट औपचारिक रुपमा उद्घाटन नभए पनि लामाले शूरु गर्नुभएको निर्माण कार्य पूरा भएको छ । अब परिसरभित्र गार्डेन बनाउने काम भइरहेको लामाले बताउनुभयो ।लामा सोही गार्डेन बनाउनको लागि अमेरिकादेखि दुई आएर दुई महिनासम्म यही बसेर कामलाई तीब्रता दिइरहनु भएको छ । परिसरमा बुद्ध मूर्तिसँगै पार्क पनि बनाइएको छ । मूर्तिसँगै अगाडि धौलागिरी हिमाल र बायाँ साइटबाट निलगिरी हिमाल देखिने गरि मनोरम दृश्यले सबैलाई लोम्याउँछ । साथै सो ठाउँबाट हिमालको मनोरम दृश्य देखीने गरि तस्विर कैद गर्न सक्ने गरि संरचना बनाइएको छ । लामाले स्वीकृत लिनुभएको करिब ६ रोपनी क्षेत्रफलभित्र झरना, बगैचा, ११ वटा ढुंगे पानी धारा, पाँच वटा स्तुपा बनाइएको छ । लामाले सो स्तुपा आफना परिवारको नाममा बनाउनुभएको छ । आफू, धर्मपत्नी, एक छोरा र दुई छोरीको नाममा पाँच वटा स्तुपा निर्माण गरिएको हो । लामाले सपरिवारको साथ पाएर नै यत्ती ठूलो काम गर्न सफल भएपछि स्तुपा सपरिवारको नाममा खडा गरिएको बताउनुभयो ।

लामाले विगत पाँच वर्षदेखि निर्माण कार्य गर्न शूरु गरेको भए पनि भूकम्पले गर्दा ढिलाई भएको सोनाम लामाले बताउनुभयो । अहिले निर्माणको सम्पूर्ण कार्य सम्पन्नविशेष गरि मुक्तिनाथ धार्मिक क्षेत्रभित्र हिन्दु र बौद्धको मिश्रण भएपछि सबै खालका पर्यटक आउँछन भन्ने उद्देश्यले नै बुद्ध मूर्ति खडा गरिएको उहाँले बताउनुभयो । ’यहाँ धेरैजसो हिन्दुहरु आउने गर्नुहुन्छ । यो मूर्ति खडा भएपछि विश्वभरीका बौद्ध धर्मालम्बीहरु आउन थाल्नु भएको छ’, लामाले भन्नुभयो, ’अहिले दैनिक चार हजार पर्यटक पुगेका छन । आगामी वर्षदेखि दैनिक दसौ हजार पर्यटक पुग्नेछन ।’ साथै सरकारले शूरु गरेको भिजिट नेपाल २०२० को लागि मुक्तिनाथ विश्वकै आर्कषक स्थल बन्न सक्ने देखिन्छ । किनकी यो मन्दिर आफैमा बुद्ध धर्म र हिन्दु धर्मको धार्मिक मिश्रण रहेको पाइन्छ ।

करिब पाँच करोड लागतमा मूर्ति लगायतका संरचना निर्माणमा खर्च भइसकेको लामाले जानकारी दिनुभयो । ’काम सबै सम्पन्न भइसकेको छ । विरुवा रोप्ने र बगैचा बनाउने काम अब बाँकि छ, यो काम अब पनि तीब्र गतीमा गरिहेका छौ, लामाले भन्नुभयो । अहिले परिसर भित्रको क्षेत्रमा गार्डेन बनाउने कार्य भइरहेको छ । जसको लागि क्यामोनीया, धुँपी र एजेलीया गरि ४५० वटा रोप्ने कार्य भइरहेको छ । अब चाँडै नै उद्घाटन गर्ने तयारी भइरहेको लामाले बताउनुभयो । साथै सो क्षेत्रमा निर्माण भएका संरचना तथा खडा गरिएका संरचनालाई ऐतीहासिक बनाउनको लागि म्युजीयम समेत बनाइँदैछ । भिजीट नेपाल २०२० लाई लक्षित गरि राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी लामाको छ ।

        


प्रकाशित | १७ श्रावण २०७६, शुक्रबार १३:२१