‘भिजीट नेपाल २०२०’ लाई लक्षीत गर्दै अमेरिकामा ‘बिजनेश कोलाबरेशन’ कार्यक्रम

अमेरिका: नेपाल र अमेरिकाका ब्यवसायीबीचको अनुभव आदनप्रदान तथा ब्यवसायी साझेदारीलाई अगाडि बढाउने र भिजीट नेपाल २०२० लाई लक्षीत गरि अमेरिकामा विजनेश कोलाबोरेशन सम्मेलन आयोजना गरिएको छ । वाशिङटनका लागि नेपाल सरकारका वाणिज्यदुत एसी शेर्पाको ब्यक्तीगत पहलमा आयोजना भएको कार्यक्रममा दुवै देशका प्रवृत्व ब्यक्तीत्वहरुरुको सहभागीता रहेको थियो ।

सम्मेलनको अमेरिकाका लागि नेपाी राजदूत् डा अर्जुन कार्कीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्नुहुँदै राजदूत कार्कीले यस्तो सम्मेलन दुई देशका ब्यवसायीबीचमा अनुभव आदनप्रदान गर्न महत्वपूर्ण हुने भन्दै सम्मेलन आयोजना गर्नुभएकोमा वाणिज्यदूत एसी शेर्पाप्रति आभार प्रकट गर्नुभएको थियो ।

सम्मेलनमा विभिन्न सेसनमा सञ्चालन गर्दै आपसी हितको विषयमा समेत छलफल भएको थियो । नेपाल र अमेरिकामा लगानी, त्यसको बजारको अवस्था र सम्भावना लगायत विषयमा गम्भिर छलफल गरिएको आयोजक एसी शेर्पाले जानकारी गराउनुभयो । कार्यक्रममा मिस नेपाल अनुस्का श्रेष्ठ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका महासचिव पशुपति पाण्डे, विभिन्न क्षेत्रका ब्यबसायीहरु मिङ्ग्मार तामाङ्ग, श्याम तामाङ, कुटनीतिक क्षेत्रका ब्यक्तीत्वहरुलगायतको बाक्लो सहभागिता थियो । साथै कार्यक्रममा वाशिङटन स्टेटका सिनेटर, स्थानीय मेयरलगायत सरकारी क्षेत्रका उच्च पदस्थ ब्यक्तीत्वहरुको सहभागिता थियो ।


प्रकाशित | १३ श्रावण २०७६, सोमबार ११:३४