एनआरएनए जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठको उम्मेदवारी घोषणा

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनए जापानको महिला संयोजक रहनु भएको श्रेष्ठले आगामी कार्यकालको लागि महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । महिला फोरम जापानको संयोजक रहेर निकै सक्रियतापूर्वक जिम्मेवारी सम्माल्नु भएको श्रेष्ठ एनआरएन अभियानमा समेत निकै सक्रिय हुनुहुन्छ ।

विशेष गरि एनआरएनए एसिया प्याशिफिक क्षेत्रभित्र जापान महिला फोरमको सक्रियता प्रशंसायोग्य मानीन्छ । महिलाहरुको हक हितको लागि लागिपर्ने श्रेष्ठले सबैको मागअनुसार महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको जानकारी गराउनुभयो । एनआरएन अभियानमा तल्लो तहदेखि काम गर्दैै जानुपर्छ भन्ने सबैको चाहानअनुसार महिला उपाध्यक्षमा उम्मेदवारी दिएको र सबैको सहयोग मिल्ने विश्वास लिएको श्रेष्ठले बताउनुभयो ।

सामाजिक क्षेत्रमा क्रियाशिल श्रेष्ठले आगामी कार्यकालका लागि महिला उपाध्यक्षमा जिताउन जापानबाशी नेपालीलाई आग्रह गर्नु भएको छ । उक्त पदमा आफु विजय भए एनआरएनको उद्धेश्य र कार्यक्षेत्रमा रहेर थप सामाजिक कार्य गर्ने, जापानमा दुःख पाएका नेपालीका लागि एनआरएनए जापानको तर्फबाट गर्नुपर्ने काममा लाग्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । जापानमा आगामी सेप्टेम्वर ६ तारिक आईतवारका दिन निर्वाचन  हुँदैछ ।


प्रकाशित | १२ श्रावण २०७६, आईतवार २०:१३