एनआरएनए हङकङ र राधिका गुरूङ (टिका) नेतृत्वको सवाल

अनु राई

गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङको जुलाई २८ तारिख अर्थात आइतबार अधिवेशन हुँदैछ । अधिवेशनसँगै दुई वर्ष कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन हुँदैछ । त्यसमा पनि अध्यक्षको लागि मात्र निर्वाचन हुन गइरहेको छ । नयाँ नेतृत्वको लागि अध्यक्षमा राधिका गुरूङ (टिका) एक बलीयो महिला उम्मेदवारको रुपमा खडा भइरहनु भएको छ । एनआरएन हङकङ अध्यक्ष भएर पनि अन्तराष्टियस्तरको सम्मेलन आयोजना गर्नेदेखि लिएर छिमेकी एनआरएनए एनसिसीमा महिला फोरम गठन गर्ने सम्म उहाँको योगदान अतुलनीय रहँदै आएको छ । विशेष गरि चीन, मकाउ, कोरियामा उहाँको योगदान अतुलनीय रहेको छ ।

साथै हङकङमा पहिलो पटक अन्तराष्टियस्तरको कार्यक्रम सम्पन्न गर्नु आफैमा गर्वको विषय हो । हङकङ एनआरएनए इतिहासमा गौरव गर्न लायक कार्य गर्न सफल राधिका गुरूङ (टिका) नेतृत्वलाई अझ सफल बनाउनको लागि नेतृत्वको निरन्तरता आवश्यक देखिन्छ । हङकङ स्थापना भएदेखि कहिले पनि हुन नसकेको अन्तराष्टियस्तरको कार्यक्रम सम्पन्न गरेर उहाँले हङकङ एनआरएनएको मात्र नभई समग्र महिलाहरुको आत्मबल बढाउने कार्य गर्न सफल हुनुभएको छ । त्यसमा पनि एनआरएनए आइसिसीका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोदेखि पूर्व अध्यक्ष तथा वर्तमान अध्यक्ष र पदाधिकारीको उपस्थितिले हङकङ एनआरएनले वास्तावमै ठूलो कार्य गर्न सफल भएको थियो । त्यसमा पनि विश्वभरी रहेको एनसिसी मध्ये नमूना र उदाहरणीय शावित बन्न समेत पुगेको छ ।

हाल एनआरएनएका ८० भन्दा बढी देशमा एनआरएनए गठन भएका छन् । कतीपय एनसिसीमा अझै पनि महिला फोरम गठन नभएको अवस्थामा हङकङमा महिला नेतृत्वबाटै सफल र उदाहरणीय कार्य हुनुले समग्र एनआरएनएको लागि गौरव र प्रशसायोग्य काम हो । त्यसमाथि पनि हङकङमा भएका नमूना र अहिलेसम्मकै ऐतीहासिक कार्यलाई सबैले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । त्यसो त महिला नेतृत्वबाट थालनी भएका यीनै राम्रा कार्यहरुलाई आगामी दिनमा निरन्तरता दिनको लागि तथा अपूरा योजनालाई पूरा गर्नको लागि अध्यक्ष उम्मेदवार गुरूङको भूमिका महत्वपूर्ण हुन जान्छ । नत्र एनआरएनए हङकङको इतिहासमा सबैभन्दा माथि पुगेको आइटलाई गिराउने सिवाय अरु हुनेछैन । त्यसका लागि सबैले अध्यक्ष उम्मेदवार राधिका गुरूङ (टिका) ले सार्वजनीक गर्नुभएको  ६ बुँदे प्रतिबद्धता- पत्रलाई चिन्तन र मनन गर्नु आवश्यक देखिन्छ । यस्ता छन् उहाँले सार्वजनीक गर्नुभएको प्रतिबद्धता:-

१. हङकङमा विभिन्न जातीय अल्पसंख्यकका क्लव हाउसहरु रहेका भए पनि अहिलेसम्म नेपाली क्लव हाउस रहेको छैन । स्थानिय तथा नेपाल सरकारसंग समन्वय गरी नेपाल क्लव हाउस स्थापना गर्न पहल गर्ने छु ।

. नेपालीका लागि हङकङमा रोजगार भिसा प्रतिबन्ध लागेको डेढ दशक भइसकेको छ । हिजो नेपालको राजनैतिक अवस्था प्रतिकूल रहेको अवस्थामा लागेको प्रतिबन्ध फुकुवाको लागि पहल गर्न आवश्यक भैसकेकोले त्यसका लागि सम्बन्धित निकायसंग समन्वय गर्ने छु ।

३. बालबालिका, युवा र महिला केन्द्रीत कार्यक्रम सञ्चालनमा ल्याउने छु । नेपाली भाषा तथा साहित्यका लागि भानुजयन्तीलाई अझ प्रभावकारी ढंगले सम्पन्न गर्ने छु ।

. नेपालको संविधानमा गैर–आवासीय नेपाली नागरिकता उल्लेख भए पनि ऐनको अभावमा कार्यान्वयन भएको छैन । आवश्यकीय ऐनका लागि अन्तर्राष्ट्रिय समन्वय  परिषदमार्फत पहल गर्ने छु ।

५. नेपाल सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्षको रुपमा मनाउँने उद्घोष गरेको सन्दर्भमा उक्त कार्यक्रमलाई सफल बनाउँन हङकङमा विभिन्न गतिविधि सञ्चालन गर्ने छु ।

६. गैर–आवासीय नेपाली संघको मुख्य उद्देश्य नेपालको समृद्धिको लागि सदैव तत्पर रहने छु । यसका लागि विदेशी तथा गैर– आवासीय नेपालीलाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्नेछु ।

घोषणापत्रमा उल्लेख गरिएका योजना तथा कार्यक्रम पूरा गर्ने प्रतिवद्धता जाहेर गर्दै सातौं अधिवेशनका दिन मलाई अमूल्य मत प्रदान गरी विजयी गराउन हुन हार्दिक अनुरोध गर्दछु ।


प्रकाशित | ११ श्रावण २०७६, शनिबार १९:२१