डुबानले दर्जनौं गाउँको सम्पर्क बिच्छेद

सर्लाही : अविरल वर्षाका कारण सर्लाहीका सयौं घर डुबानमा परेका छन्। घर डुबानमा परेपछि बिचल्लीमा परेका सयौं सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए। डुबानबाट दर्जनौं घरमा क्षति पुगेको छ। झीम खोलाले बाँध फुटाएपछि सदरमुकाम मलंगवासहित दक्षिण–पूर्वी क्षेत्रका आधा दर्जन गाउँ डुबानमा परेका छन्। सदरमुकाम मलंगवा, ब्रम्हपुरी, पर्सालगायत स्थानीय तहका दर्जनौं गाउँ नै डुबानमा परेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए। यो समाचार आजको नागरिक दैनीकमा प्रकाशित छ ।

त्यस्तै मनुष्मारा खोलामा आएको बाढीले दक्षिण–पश्चिम क्षेत्रका धनकौल, महिनाथपुर, ढापटोल, छटौल, वैरिया, हरकठवा, भवानीपुर, हिरापुरलगायत दुइ दर्जन बढी गाउँ डुबानमा पारेको छ। घर डुबानमा परेपछि सयौं सर्वसाधारण अग्लो पक्की घर तथा अग्लो स्थानमा रहेको सडकमा बसिरहेका छन्। प्रायः गाउँको चारैतर्फ ५ फिटभन्दा बढी पानी जमेका कारण उद्धारमा समेत समस्या भइरहेको प्रजिअ राउतले बताए। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा लागिरहेको उनले बताए।

बागमतीको बाढी खतराको तहमाथि
सर्लाही र रौतहटको सीमा नदी बागमतीमा पानीका बहाब बढेर खतराको तह नाघेको छ। अविरल वर्षाका कारण जमिनबाट पानीको सतह ६।७५ मिटर गहिराइ हुनुपर्नेमा १० मिटरसम्म पुगेको प्रहरीले जनाएको छ। पानीको मात्रा खतराको सूची नाघेसँगै रातो झण्डा गाडिएको छ। बाढीले खतराको तह नाघेसँगै बागमती सिँचाइ आयोजनाको ब्यारेजको ३० वटै ढोका खालिएको छ।

त्यस्तै बागमती नदीको बाढीले ५ ठाउँमा तटबन्धमा क्षति पु¥याउन सुरु गरेको प्रजिअ राउतले बताए। ‘बलरा नगरपालिकाको १ ठाउँ, रामनगर गाउँपालिकाको २ ठाउँ र धनकौल गाउँपालिकाको २ ठाउँमा बागमतीको बाढीले तटबन्धमा क्षति पु¥याउन सुरु गरेको छ,’ प्रजिअ राउतले भने, ‘बाढी गाउँमा पस्ने खतरा बढेको छ।’


प्रकाशित | २९ असार २०७६, आईतवार ०७:२८