चलचित्र ‘यात्रा’ को तेस्रो गीत ‘डुली डुली’ रिलिज

काठमाडौं : मेलिना राईको मिठो स्वरमा चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को तेस्रो गीत डुली डुली‘ रिलिज गरिएको छ । डुली डुलीको गीत युट्युबबाट रिलिज गरिएको हो । चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराई निर्देशित चलचित्र २९ चैतबाट मुलुकका सिनेमा हलमा प्रदर्शनमा आउँदैछ । चलचित्रबाट नायिकामा डेब्यु गर्नुभएको मलिका महत गायिकाको रुपमा फिल्ममा हुनुहुन्छ ।

गीतमा दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द रहेको छ । यसलाई प्रतिकले कोविद बज्रसंग सँगीत गर्नुभएको छ । गीतमा मलिका दृष्टीहिन भूमिकामा हुनुहुन्छ भने फिल्मका अन्य कलाकारहरु सलिनमान बनिया, जान्वी बस्नेत, रेअर राई, विशाल कटवाल, प्रेक्षा बज्राचार्यलगायतको अभिनय छ । फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ, बिक्रम पराजुली, मुक्ति तिम्सिना राम शरण घिमिरे र सुशील पोखरेल पनि निर्माता रहनुभएको छ ।

चलचित्र यात्रालाई सम्राट शाक्यले निर्देशन गर्नुभएको हो । चलचित्रमा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई योगेश जंग कुँवर, इश्वर पौडेल , नानीकाजी डंगोल लगायतको अभिनय रहेको छ ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार १०:४८