नेपालमा १ हजार ९५४ कोरोना संक्रमित थपिए, ११ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५४ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। पछिल्लो २४ घन्टामा ८ हजार २४८ नमूनाको पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ।

आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्। आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ।


प्रकाशित | १२ कार्तिक २०७७, बुधबार १६:२७