कतारमा नेपालबाट पिउनेपानी निर्यात गर्ने तयारीमा खानेपानी मन्त्री बीना मगर

काठमाडौं: खानेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो । मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराउनुभएको छ । ‘पानीको स्रोतको सदुपयोग गरेर […]

तातो र चिसो हावाको घर्षणले ‘भुमरी’

काठमाडौँ : बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८०० बजे खाना खाने तयारी गर्दै हुनुहुन्थ्यो । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्कनुभयो । “ठूलो ठूलो असिना झरिहाल्यो,” उहाँले थप्नुभयो, “के भयो भनेर थाहा नपाउँदै ठूलो हुरी आयो ।” यो सिजनमा आउने कतिपय आँधीले सानो क्षेत्र ओगटे पनि कडा […]

अविवाहित महिलालाई मासिक एक हजार भत्ता ! 

काभ्रे : पनौती नगरपालिकाले अविवाहित महिलालाई आफ्नै स्रोतबाट मासिक भत्ता दिने गरेको छ। नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रूपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका नगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख केशव बञ्जराले जानकारी गराउनुभएको छ भन्दै नयाँ पत्रिका दैनिकमा खवर छ । पत्रिकाका अनुसार ३५ वर्ष पूरा भएका अविवाहित महिलालाई नगरपालिकाले मासिक एक हजार […]

जिउँदो मानिसलाई मृत घोषणा गरिएपछि …

काठमाडौं : मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ। झट्ट सुन्दा नाटकजस्तो लागे पनि सुवास र उनको परिवारले भोगेको यो घटना वास्तविक हो। जीवित सुवास र  श्रीमती सन्तोषी तामाङ अहिले जिउँदो […]

गाँस न बास : खुला आकाश

काठमाडौं : सोमबार राति ९ बजे । बाराको कलैया–१८ स्थित मारबालियाका २२ वर्षीय राजेन्द्र पटेल हुरीले ध्वस्त घरको भग्नावशेषनजिकै आगो ताप्दै थिए । भर्खरै मात्र उनी आफ्ना ५० वर्षीया आमा मनुरादेवी कुर्मीको दाहसंस्कार गरेर आएका हुन् । रीतअनुसार कपाल मुण्डन गरे, तर किरिया बस्ने ठाउँ नै पाएनन् । आइतबार साँझको हुरीले उनका दुवै घर ध्वस्त […]

नेपालमा हावाहुरीको पूर्वानुमान उपकरण अभाव

काठमाडौं : हावाहुरीको छुट्टै अनुमानका लागि आवश्यक पद्धति र उपकरण नेपालमा नभएको पाइएको छ । बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो। त्यसको केही समयपछि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले […]

नेकपाले स्थापना दिवस रामेछापको भङगेरीमा मनाउने निर्णय

काठमाडौंं : नेपाल कम्युनिष्ट पार्टीले पार्टी स्थापना दिवस रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको छ। नेकपा तीन नम्बर प्रदेश कमिटीको पहिलो बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मभूमि रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको हो। तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा भङगेरीमा कार्यक्रम आयोजना गरिएको बताए। उनले पार्टी स्थापना दिवस […]