सुनको भाउ घट्यो

काठमाडौं: नेपाली बजारमा आज (बुधवार ) छापावाल सुन प्रति तोला ५९ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन प्रति तोला ५९ हजार १ सयमा कारोबार भइरहेको छ । मंगलवार छापावाल सुन ५९ हजार ५ सय र तेजाबी सुन ५९ हजार २ सयले करोबार भएको थियो । छापावाल र तेजावी सुन प्रति तोलामा आज १ सय रुपैयाँले घटेको हो । त्यस्तै, चाँदी भने बुधवार प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार १३:३७