कर्मचारीको मनोबल गिराउने काम सरकारले गर्दैन तर जिम्मेवारी पूरा नगर्नेलाई छाड्दैन: मन्त्री पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको मनोबल गिराउने काम सरकारले नगर्ने तर जिम्मेवारी पूरा नगर्नेलाई नछाड्ने बताउनुभएको छ । कामै नगर्ने कर्मचारीलाई कडा कार्वाही गरिरहेको भन्दै इमानदार कर्मचारीको मनोबल बढाउने कार्यमा भने सरकार लाागिपरेको स्पष्ट पार्नुभयो । सबै कर्मचारीलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन लागिपरेको उहाँको भनाई छ ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले सो धारणा राख्नुभएको हो ।  त्यस्तै, पण्डितले तत्कालका लागि खुला प्रणाली र करार दुवैबाट राष्ट्रिय आवश्यक्ताको आधारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न लागिएको समेत जानकारी गराउनुभयो ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १७:०५