मोहन वैद्यको अठोट : ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाड्छौ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी ) का महासचिव मोहन बैद्यले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाड्ने अठोट गर्नुभएको छ । सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गर्दै महासचिव बैद्यले सच्चा कम्युनिष्टहरु मुलुकको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति सम्पन्ने भइछाड्ने बताउनुभयो । उहाँले सरकारले दुई तिहाईको दम्भ देखाइरहेको भन्दै त्यस्तो दम्भ नदेखाउन चेतावनीसमेत दिनुभयो । सत्तारुढ नेकपाप्रति संकेत गर्दै संशोधनवादरअवसरवादमा फसेका कम्युनिष्टहरुले मुलुकलाई डुबाएको आरोप उहाँको छ ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १८:४६