श्रीमतीमाथि एसिड प्रहार गर्ने विष्णु भुजेल पक्राउ: जेमीको कीर्तिपुर अस्पतालमा उपचार हुँदै

काठमाडौँ : काठमाडौँको कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् । काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने भुजेललाई प्रहरीले पक्राउ गरेको हो । काभ्रे घर भएका भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरि फरार भएका थिए । प्रहरीका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ । एसिड प्रहारबाट घाइते भएकी खड्कालाई सुरुमा ओम अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि हाल उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार १३:४२