६५ वर्षमै वृद्ध भत्ता दिने ब्यवस्था गरियोस भन्दै संसदमा कांग्रेसले गर्यो पस्ताव दर्ता

काठमाडौं : सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउने उमेर ६५ वर्ष राखियोस भन्दै नेपाली कांग्रेसले संसदमा प्रस्ताव दर्ता गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारका अर्थमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले वृद्ध भत्ताको उमेर ६५ वर्षमा झार्न संसदमा प्रस्ताव पेश गर्नुभएको हो । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्षमै वृद्ध भत्ता पाउने निर्णय गरेको विषय सार्वजनिक गरेको थियो । तर, उक्त निर्णयमा मुख्य सचिवले हस्ताक्षर नै गर्न नमानेपछि कार्यान्वयनमा आएको थिएन ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार १५:२६