होटेल याक एण्ड यतिमा छापा: १२ भारतीय नागरिक पक्राउ

काठमाडौः प्रहरीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा छापा मारि १२ भारतीय नागरिकलाई पक्राउ गरेको छ। अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा हाइप्रोफाइका १२ जना भारतीयलाई पक्राउ गरेको हो।

भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको विशेष सूचनाको उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले बताएको छ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १४:४१