एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

लोसपाको संसदमा १३ सांसद छन । सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको छ भने बिहीबारको बैठकमा सामान्य छलफल गरिने सम्भावित कार्यसूची छ ।


प्रकाशित | ११ फाल्गुन २०७८, बुधबार १७:४४