राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि आह्वान

काठमाडौं – राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।

अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले आज राष्ट्रिय सभा बैठक आह्वानको सूचना जारी गर्नुभएको हो । यसअघि माघ २ गते अनिश्चित समयका लागि राष्ट्रिय सभाको बैठक स्थगितको सूचना जारी गरिएको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित केही सांसद र संघीय संसद् सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । अध्यक्ष तिमिल्सिना कोरोनामुक्त भएपछि बैठक आह्वान गरिएको हो ।


प्रकाशित | १३ माघ २०७८, बिहीबार १७:०७