मुख्यमन्त्री पोखरेललाई लक्षित गरी रोल्पामा फेरि बम विस्फोट

रोल्पा: प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गरी रोल्पामा आज पनि बम विस्फोट गराइएको छ । सोमबार पनि मुख्यमन्त्री सहभागि कार्यक्रमको करिव एक किलोमिटर टाढा बम विस्फोट गराइएको थियो । मुख्यमन्त्री पोखरेल विभिन्न कार्यक्रममा सहभागि हुन रोल्पा आउनुभएको थियो ।

आज रोल्पाको त्रिवेणी गाउँपालिकाको तिला बजार नजिकै बम विष्फोट गराइएको हो । सडक नजिकै जंगलमा बम विस्फोट भएको बताइएको छ । सदरमुकाम लिबाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने नेकपाको प्रशिक्षणमा सहभागी हुन मुख्यमन्त्री पोखरेल त्यसतर्फ जान लागेको समयमा विस्फोट गराइएको जनाइएको छ । उता प्रहरीले भने सामान्य पटका भएको प्रतिक्रिया दिएको छ ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १७:२७