युवा संघको ९ औं महाधिवेशन आयोजक कमिटि गठन, प्रचार विभाग संयोजकमा महाराज गुरुङ

काठमाडौं – राष्ट्रिय युवा संघ नेपाल ९औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । मूल आयोजक कमिटी संयोजकमा किरण पौडेल, सह-संयोजकमा सन्जीव झा र क्रान्ति बुर्लाकोटी चयन हुनु भएको छ । भेलाले संयोजक, सह -संयोजकहरु, ८ वटा प्रदेश इन्चार्जहरु, २५ वटा विभागहरु र ३ वटा आयोगहरुको जिम्मेवारी तोकेको हो ।

त्यस्तै, प्रचार विभाग प्रमुखमा युवा नेता महाराज गुरुङ चयन हुनु भएको छ । गुरुङ केहि दिन अघि मात्र एमाले दोलखाको कार्य समिति सदस्य समेत निर्वाचित हुनु भएको थियो । युवाहरु माझ निकै लोकप्रिय गुरुङले आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक, सफलतापूर्वक सम्पन्न गर्ने बताउनु भयो ।

कसलाई कुन जिम्मेवारी ?

मूल आयोजक कमिटी संयोजक – किरण पौडेल

सह संयोजक – सन्जीव झा र क्रान्ति बुर्लाकोटी

संगठन विभाग – क्षितिज थेबे

युथफोर्स विभाग – पुष्प श्रेष्ठ

स्कुल तथा नेत्रित्व बिकास विभाग – रमेश आचार्य

कार्यालय विभाग – रामजी सापकोटा

प्रकाशन विभाग – सम्राट गौचन

प्रचार विभाग – महाराज गुरुङ

मानव अधिकार विभाग – सुनिता कार्की

महिला विभाग – उर्मिला सुनुवार

पर्यटन विभाग – सीता सुवेदी

कानून विभाग – बिष्णुराज बिसी

स्वयमसेवक विभाग – राकेश राई

निर्वाचन आयोग प्रमुख – हिमेश केसी

निर्वाचन आयोग उप प्रमुख – बाबु छत्कुली

अनुशासन आयोग प्रमुख – दिनेश थापा

लेखा आयोग प्रमुख – प्रकाश लामिछाने

१ प्रदेश इन्चार्ज – अन्जना अधिकारी

२ प्रदेश इन्चार्ज – सत्य नारायण यादव

बागमती प्रदेश इन्चार्ज – अमित लामा

गण्डकी प्रदेश इन्चार्ज – सन्तोष रावल

लुम्बिनी प्रदेश इन्चार्ज – सुमन पुरी

कर्णाली प्रदेश इन्चार्ज – राजन थापा

सुदुरपश्चिम प्रदेश इन्चार्ज – बिसनाथ चन्द

अन्तर जिल्ला प्रदेश इन्चार्ज – बलरामा वेल्बासे

 


प्रकाशित | १ माघ २०७८, शनिबार १३:४९